Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०
काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक नियोगका अबैतनिक महावाणिज्य दूतको सेवा सुविधा तत्कालका लागि खोस्ने निर्णय गरेको हो । हिजो मात्रै कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्रीको अबैध धन्दामा संलग्न शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल काठमाडौंमा पक्राउ परेसँगै सरकारले यो निर्णय गरेको हो ।
कीर्गिजस्तानका लागि अवैतनिक महावाणिज्य दूत रहेका अग्रवाल महंगो मुल्यमा थर्मल प्लान्ट बेच्न लागेको अवस्थामा प्रहरीले कूटनीतिक नियोगको गाडीसहित पक्राउ गरेसँगै उनको कालो कर्तुत खुलेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार तत्कालका लागि नेपालस्थित विभिन्न देशका अबैतानिक महावाणिज्य दूतले प्राप्त गर्दै आएको सेवा सुविधा तत्कालका लागि फिर्ता गर्ने निर्णय गरेको हो ।

अबैतानिक दूतका हैसियतमा उनीहरुले उपयोग गरिरहेको सेवा सुविधा दुरुपयोग भएको ठहर सहित सरकारले यो निर्णय गरेको हो । यो निर्णयसँगै अब सबै देशका नेपालस्थितमहावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा रोकिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार कुटनीतिक प्रयोगको लागि प्रदान गरिएको पद र सुविधा गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएपछि तत्कालका लागि महावाणिज्य दूतहरुको सेवा र सुविधा फिर्ता लिने निर्णय गरिएको हो ।
जसमा कुटनीतिक नियोगका पदाधिकारीले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधनसमेत प्रयोग गर्न नपाइने भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा कोरोनाबाट एकैदिन १ सय ७ को मृत्यु, संक्रमितको संख्या ७८ हजार नाघ्यो
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु
२०७६ मंशिर २७ गते शुक्रबार
काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...
पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...
Top