Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०
काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप तीन जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो ।
यसअघि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने आज थप तीनजना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रोजगारीको लागि भारत पुगेका कैलाली र कञ्चनपुरका दुईजना र यसअघि संक्रमित भएकाको आफन्त गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । रोजगारीको लागि भारतको मुम्बई गएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी आइसोलेसनमा थिए ।
ल्याव रिपोर्टमा उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । यस्तै, ल्यावको रिपोर्ट अनुसार कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । उनी भारतको उत्तराखण्डबाट केही साता अघि कञ्चनपुर फर्केका थिए । यस्तै आज थप भएका अर्का एकजना महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका भाउजु रहेको मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको...
अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...
‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...
नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...
Top