Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०३ अप्रिल, २०२०
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणम परी ज्यान गुमाउनेहरुको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । कोरोना भाइरसको विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने ओल्डोमिर्टस्का अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ५३ हजार २ सय ८० जनाले ज्यान गुमाईसकेका छन् ।
यस्तै विश्वभरका १० लाख १८ हजार ५ सय ३६ मा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये २ लाख १३ हजार ४ सय ९९ जना कोरोनाको संक्रमणपछि अस्पतालमा उपचार गराएर स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १३ हजार ९ सय १५ जनाको ज्यान गएको छ । यस्तै त्यसपछि स्पेनमा १० हजार ३ सय ४८, अमेरिकामा ६ हजार ९६ जना, जर्मनीमा १ हजार १ सय ७, फ्रान्समा ५ हजार ३ सय ८७ जना, बेलायतमा २ हजार ९ सय २१ जना, स्वीट्जरल्याण्डमा ५ सय ३६ जना, नेदरल्याण्डमा १ हजार ३ सय ३९ जना, क्यानेडामा १ सय ७३ जना, पोर्चुगलमा २ सय ९ जनाको कोरोनाका कारण ज्यान गै सकेको छ ।
कोरोनाको उद्गमस्थलको रुपमा रहेको चीनमा अहिलेसम्म कोरोनाका कारण ३ हजार ३ सय २२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । यही अवधिमा अमेरिकामा भने २ लाख ४५ हजार ३ सय ७३ जना संक्रमित देखिएका छन् । इटलीमा १ लाख १५ हजार २ सय ४२, स्पेनमा १ लाख १२ हजार, जर्मनीमा ८४ हजार ७ सय, फ्रान्समा ५९ हजार बढी संक्रमित भेटिएका छन् ।
कोरोनाका कारण विश्वका करिब २ सय मुलुकका लाखौ प्रभावित बनेका छन् । नेपालमा यो समाचार तयार पर्दासम्म ५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने एकजना स्वास्थ्य उपचारपछि घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते
२०७६ माघ १९ गते आइतबार
०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज...
नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०परासी । नबलपरासीमा गएराति लु ४ त...
हामीलाई घरमै भेटेर फर्कियो कोरोना *
२०७७ भाद्र १६ गते मंगलबार
–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...
पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...
Top