चरित्र अभिनेता ठकुरीको निधन

Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार


३१ मे, २०२०
काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज ब्रह्मलीन भएका छन् । विभिन्न खाले दीर्घ रोगबाट पीडित ठकुरीको आज बिहान साढे ११ बजे ललितपुरको बागडोलस्थित आफ्नै निवासमा निधन भएको हो । पछिल्ला केही वर्षदेखि कलाकार ठकुरी मधुमेह, उच्चरक्तचापलगायतका रोगबाट पीडित थिए । यस्तै केहीवर्षदेखि उनमा पक्षघातको समस्या रहेको थियो ।

‘जीवन रेखा’ नामक नेपाली चलचित्रबाट अभिनय क्षेत्रमा प्रवेश गरेका ठकुरीले नेपालका दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । विश्वास, भाग्य रेखा, फेरि भेटौँला, मायालु, युद्धलगायतका थुप्रै चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय चलचित्र पञ्चओटी तथा पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् । उनले केही नेपाली नाटक र टेलिफिल्म तथा म्युजिक भिडियोहरुमा पनि अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘भागिभागी नजाउ’ हो ।

पछिल्लो समय उनको परिवारले उनको उपचारको लागि आर्थिक अभाव झेल्दै आएको थियो ।एक छोरीका बाबु चन्द आफ्नी श्रीमतीका साथ ललितपुरको बागडोलमा बस्दै आएका थिए । ८० वर्षको उमेर आज ब्रह्मलीन भएका ठकुरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा.. भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..

२०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...

‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...

राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न...

बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

२०७६ मंशिर १७ गते मंगलबार

०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...

Top