स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार


३० मार्च, २०२०
काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका विरामीहरुको मृत्युको विषयसँग जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै यस्ता समाचार सम्प्रेषण गर्दा गम्भीर बन्न सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलन गरी हरेक मृत्युलाई कोरोनासँग जोडेर नहेर्न र समाजलाई अनावश्यक रुपमा त्रसित नबनाउन सबैलाई आग्रह गरेका छन् ।

उनले कोरोनाको आशंका लागेकाहरुको जानकारी तथा उनीहरुलाई आइसोलेसनमा राखेर उपचार अघि बढाएको भन्दै मेडिकल रिपोर्ट पाएपछि उनीहरुको वास्तविक अवस्थाको बारेमा थाहा हुने बताए । सामान्य रुघाखोकी र ज्वरो आएका सबै व्यक्तिलाई कोरोना नहुने भन्दै आइसोलेसनमा रहेका उनीहरुको स्वास्थ्यजाँचमा चिकित्सकहरु खटिइरहेको भन्दै कम्तीमा मेडिकल रिपोर्ट आएपछिमात्रै उनीहरुलाई के भएको हो भनेर थाहा पाउन सकिने बताए । उनले हिजो र आज उपत्यका र उपत्यका बाहिर मृत्यु भएका व्यक्तिहरु मध्ये रिपोर्ट प्राप्त भएकाहरुको हकमा कसैमा पनि कोरोनाको संक्रमण नभएको दाबी गरे ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्की

पत्रकार सम्मेलनमा डा. देवकोटाले हिजो बुटबलमा मृत्यु भएका युवकको ल्याब परिक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको बताए । ती युवक केही समय अघि दुबईबाट नेपाल फर्केका थिए । यस्तै हिजो नै पाटनको आइसियुमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको ल्याब परिक्षणको रिपोर्ट आउन बाँकी रहेको भन्दै उनी कोरोनाको संक्रमणबाट नभै अन्य कारणले उपचारका लागि अस्पताल आएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

वीरमा मृत्यु भएका दुईजनामा एकजना उच्च रक्तचाप, मधुमेह र ज्वरो समेतको समस्या भएर आएको र भारतीय नागरिकलाई कालीमाटीबाट अचेत अवस्थामा वीर अस्पताल लगिएको बताइएको छ । उनको उपचारको क्रममा मृत्यु भएपनि ल्याव परिक्षणको रिपोर्ट आउन बाँकी रहेकोले उनको मृत्यु के कारणले भयो खुल्न नसकेको उनले बताए ।

सरकारले सबै प्रदेशमा १ हजारका दरले पिपीई, माक्स, पन्जा लगायतका सामग्री आजै पठाइएको बताइएको छ । यस्तै, कोरोनाको बारेमा समाचार सम्प्रेषण गर्दा कम्तीमा मन्त्रालयको आधिकारिक जानकारी लिन र ल्याव परीक्षणमा रहेकाहरुको रिपोर्ट प्राप्त भएपछि मात्रै सत्यतथ्य सामग्री प्रवाह गर्न सबैसँग अनुरोध समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा ! कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

२०७७ माघ १३ गते मंगलबार

२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो

२०७७ जेठ २९ गते बिहिबार

११ मे, २०२०नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना...

पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश

२०७६ पुष १ गते मंगलबार

१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...

Top