Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०
काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती प्रदेशको नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नुवाकोटका एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ ।

नुवाकोटमा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । ककनीका ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार नुवाकोटमा एकसहित आज देशका विभिन्न जिल्लामा गरी थप १९ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ थपिएकामा मोरङ्ग, बारा, रौतहट, सर्लाही, र काठमाडौंमा एक एक जना रहेका छन् ।
यस्तै रुपन्देही, पर्सा र कपिलबस्तुमा गरी थप ९ जनामा संक्रमण भेटिएको छ । यस्तै गुल्मीमा पनि थप एकजनामा कोराना संक्रमण देखिएको छ । यो सँगै देशका ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशका ६ सय ३ जनामा हालसम्म कोरोना संक्रमण देखिएको छ । हालसम्म ८९ जनाले कोरोनालाई परास्त गर्दै घर फर्केका छन् भने ३ जनाको उपचारको क्रममा निधन भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान
२०७६ पुष ९ गते बुधबार
२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा...
नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
Top