Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९
काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको दबाब थेग्न नसकेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । सरकारले करिब १ महिना अघि जारी गरेको गुठी विधेयकका विषयमा काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा आन्दोलन चर्किन थालेपछि सरकारले विधेयक फिर्ता लिएको घोषणा गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज पत्रकार सम्मेलन गरी विधेयकका विषयलाई लिएर आम नागरिकमा विभिन्न खाले भ्रम देखिएको भन्दै विधेयक फिर्ताको घोषणा गरेको गरेको हो । मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा मन्त्री पद्माकुमारी अर्याल विधेयकका विषयमा देशव्यापी रुपमा आन्दोलन भै रहेको र यसलाई गलत ढंगले व्याख्या गरिएको यसका कारण आम जनतालाई उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकोले फिर्ता लिएको बताउनुभयो ।

पछिल्लो समयमा विधेयकको विषयमा काठमाडौं उपत्यकाका नेवार समुदायलगायत देशव्यापी रुपमा गुठीयारहरुले आन्दोलन चर्काउन थालेपछि सरकारले यसको समाधानका लागि भन्दै सरोकारवालाहरुसँग वालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल समेत गरेको थियो । तर सरोकारवालाहरुले गुठी विधेयक लागू गरिए यसले देशमा ठूलो आन्दोलन हुनसक्ने चेतावनी दिएपछि सरकार बाध्य भएर झुकेको हो ।

पछिल्लो समयमा सरकारको विधेयक घोषणापछि देशव्यापी रुपमा गुठीयाहरुले धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै दैनिक रुपमा आन्दोलन गर्दै आइरहेका थिए । सत्तारुढ दलकै मन्त्री, नेता तथा सरोकारवालाहरुले पनि सरकारलाई यो विधेयक फिर्ता लिन आग्रह गरेका थिए ।
संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै विधेयक ल्याएको भएपनि यो विधेयक सरकारले आजबाट फिर्ता भएको घोषणा लिएको छ । तर सरोकारवालाहरुले भने यो विधेयक फिर्ता नभै खारेज हुनुपर्ने माग राखेको छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...
कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...
युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी
२०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...
सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ
२०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...
Top