Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विदेशबाट आउने उडानहरुमा थप समयको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ अर्थात् अप्रिल १५ सम्मको लागि विदेशबाट आउने उडानहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसअघि सरकारले चैत्र ३ देखि चैत्र १८ गते मध्यरातसम्मका लागि अन्र्तराष्ट्रिय मुलुकबाट नेपाल आउने सबै यात्रुबाहक विमानहरु उडान प्रतिबन्ध लगाएको थियो । पहिलो पटक लगाईएको प्रतिबन्धको समयसिमा सकिन लाग्दा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विदेशबाट आउने विमानको आवागमनमा थप १५ दिन रोक लगाउने निर्णय सरकारले गरेको हो । हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितलाई आधार मान्दा सबै विदेशबाट विमान हुँदै नेपाल आएकाहरुमा संक्रमण देखिएको छ ।
त्यहि कारणले तत्काल विदेशी मुलुकबाट विमान तथा यात्रुहरु आउन नदिने निर्णय भएको समिति स्रोतको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि देशबासीको नाममा सम्बोधन गर्दै चैत्र १८ गतेसम्म नेपाल आउने सबै विदेशी उडानमा रोक लगाएको घोषण गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार
२०७७ असार ४ गते बिहिबार
१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...
आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...
प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो
२०७७ श्रावण ४ गते आइतबार
१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर...
पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
Top