Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत कोरोना नियन्त्रणका लागि विशेष स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । राष्ट्रिय ध्वजाबहाक नेपाल बायुसेवा निगमको विमानबाट आज बिहान कोरोना नियन्त्रणका लागि आवश्यक विभिन्न खाले मेडिकल सामग्री काठमाडौं ल्याइएको हो ।
सो मेडिकल सामग्री देशका सबै प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री चीनको ग्वाङजाओबाट सरकारले खरिद गरी विमान चार्टर गरी काठमाडौं ल्याएको हो । नेपाल बायुसेवा निगमको वाईड बडी विमानमार्फत् ल्याइएको स्वास्थ्य सामग्रीमा कोरोना परीक्षणमा प्रयोग हुने किट, विभिन्न खाले औषधी, पिपिई, माक्सलगायत लगभग १३ हजार किलोग्राम स्वास्थ्य सामग्री रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एयर लिफ्टमार्फत ल्याइएको सामग्रीमा एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण तथा केही औषधीहरु समेत रहेका छन् । नेपाल ल्याइएको सामग्री अब देशको सबै जिल्ला र क्षेत्रमा पुग्नेगरी सम्बन्धी प्रदेशमार्फत् वितरण गरिने जनाइएको छ ।
यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण
२०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...
अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द
२०७७ फाल्गुन ५ गते बुधबार
१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...
चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)
२०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...
पेट्रोलियम पदार्थको मूल्य समायोजन
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
Top