Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत कोरोना नियन्त्रणका लागि विशेष स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । राष्ट्रिय ध्वजाबहाक नेपाल बायुसेवा निगमको विमानबाट आज बिहान कोरोना नियन्त्रणका लागि आवश्यक विभिन्न खाले मेडिकल सामग्री काठमाडौं ल्याइएको हो ।
सो मेडिकल सामग्री देशका सबै प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री चीनको ग्वाङजाओबाट सरकारले खरिद गरी विमान चार्टर गरी काठमाडौं ल्याएको हो । नेपाल बायुसेवा निगमको वाईड बडी विमानमार्फत् ल्याइएको स्वास्थ्य सामग्रीमा कोरोना परीक्षणमा प्रयोग हुने किट, विभिन्न खाले औषधी, पिपिई, माक्सलगायत लगभग १३ हजार किलोग्राम स्वास्थ्य सामग्री रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एयर लिफ्टमार्फत ल्याइएको सामग्रीमा एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण तथा केही औषधीहरु समेत रहेका छन् । नेपाल ल्याइएको सामग्री अब देशको सबै जिल्ला र क्षेत्रमा पुग्नेगरी सम्बन्धी प्रदेशमार्फत् वितरण गरिने जनाइएको छ ।
यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...
भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका...
Top