स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टा यता युरोपेली मुलुक स्पेनमा ५ सय ५२ जनाको ज्यान गएको छ । हिजो सोही अवधिमा ९ सय बढीले ज्यान गुमाएका थिए । स्पेनमा हालसम्म (बेल्जियमको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा) कोरोनाको संक्रमणका कारण ५ हजार ६ सय ९० जनाले ज्यान गुमाईसकेका छन् भने ६ हजार ५ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमध्ये ४ हजार १ सय ६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसबीचमा १२ हजार २ सय ८५ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । स्पेनमा हालसम्म संक्रमितको संख्या ७२ हजार २ सय ४७ पुगेको छ । संक्रमित तथा मृतकको संख्या बढ्न थालेपछि स्पेनले सम्पूर्ण शहरर्लाइ लकडाउन गरेको छ भने चीनबाट कोरोना सम्बन्धी उपचारका लागि करोडौं डलरको सामग्री मगाएको छ ।

यसैबीच युरोपेली मुलुक बेल्जियम पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमणबाट नराम्ररी प्रताडि हुन पुगेको छ । बेल्जियममा हालसम्म ३ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने ९ हजार बढी संक्रमित भेटिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दक्षिण एसियाली खेलकुदको  पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...

बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे

२०७७ माघ ७ गते बुधबार

२० जनवरी, २०२१न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु

२०७७ बैशाख २८ गते आइतबार

१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...

Top