सिंगापुरबाट काठमाडौं आएका ९८ यात्रुले गरे धावनमार्गमा विमानभित्रै नाराबाजी : ९८ यात्रुलाई मध्यरातमा सिधै क्वारेन्टाइन पठाईयो

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार


२१ मार्च, २०२०
काठमाडौं । सरकारले शुक्रबार रातिबाट नेपालमा आउने सबै अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि आज साँझ सिंगापुरबाट ९८ यात्रु लिएर काठमाडौं आएको एउटा जहाजले अवतरणको अनुमति पाएको छ । सिँगापुरको राजधानीबाट सिल्क एयरको विमान हुँदै एक विदेश नागरिकसहित ९८ यात्रु शनिबार साँझ काठमाडौं अवतरण गरेका हुन् । उनीहरुलाई विमानस्थलमा उत्रन दिने वा नदिने भन्ने विषयमा सरोकारवाला निकायले निर्णय गर्न नसक्दा उनीहरु ३ घण्टा विमानभित्रै रोकिएका थिए ।

तर अन्तिम समयमा आएर विमानमा रहेका ९७ जना नेपाली रहेको र उनीहरुले विमानमा नाराबाजी गरेपछि विमानस्थल प्रशासनले उनीहरुलाई विमानस्थलबाट सिधै कोरोनाको क्वारेन्टाइनमा पठाएको छ । त्यसमा एकजना नेदरल्याण्डका नागरिक रहेका छन् । उनलाई पनि अहिले तत्कालका लागि क्वारेन्टाइनमै पठाइएको र भोलिसम्ममा उनलाई स्वदेश फिर्ता गराउने तयारी भएको बुझिएको छ । यसरी आउने मध्ये एकजना यात्रु नेदरल्याण्डबाट सिँगापुर हुँदै काठमाडौं आएका थिए । उनीहरुलाई विमानस्थलबाट एम्बुलेन्समा राखेर खरिपाटी क्वारेन्टाइनमा पु-याइएको छ ।

शुरुमा सो विमानलाई अवतरण गर्न दिने वा नदिने भन्ने विषयमा विमानस्थलको टावरले नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको थियो । प्रधिकरणले सो विमानलाई यहाँ अवतरणका लागि अनुमति नदिने बताएपछि टावरले सोही जानकारी विमानका चालकलाई दिएका थिए । तर विमानका पाइलटले तेल भरेर फर्कने भन्दै अवतरणको लागि अनुमति मागेका थिए । अनुमति पाएलगत्तै विमान अवतरण भएपनि पछि विमानमा रहेका नेपालीहरुले नाराबाजी गरेपछि विमानस्थलमा ३ घण्टासम्म के गर्ने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरण, टावर तथा सरोकारवाला निकायबीच जोडतोडका साथ छलफल चलेको थियो ।

नेदरल्याण्डबाट आएका नेपाली र एक विदेशी नागरिकका कारण तत्कालका लागि विमान अवतरणको अनुमति नदिइएको विमानस्थलको स्रोतको भनाई छ । नेदरल्याण्ड कोरोना प्रभावित युरोपेली मुलुक मध्येको एक हो । तर पनि विमानस्थलमा उनीहरुले नाराबाजी गरेपछि सोझै उनीहरुलाई क्वारेन्टाइनमा पठाउने सहमति भएपछि विमानबाट ओह्रालिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर) यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

Top