सिंगापुरबाट काठमाडौं आएका ९८ यात्रुले गरे धावनमार्गमा विमानभित्रै नाराबाजी : ९८ यात्रुलाई मध्यरातमा सिधै क्वारेन्टाइन पठाईयो

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार


२१ मार्च, २०२०
काठमाडौं । सरकारले शुक्रबार रातिबाट नेपालमा आउने सबै अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि आज साँझ सिंगापुरबाट ९८ यात्रु लिएर काठमाडौं आएको एउटा जहाजले अवतरणको अनुमति पाएको छ । सिँगापुरको राजधानीबाट सिल्क एयरको विमान हुँदै एक विदेश नागरिकसहित ९८ यात्रु शनिबार साँझ काठमाडौं अवतरण गरेका हुन् । उनीहरुलाई विमानस्थलमा उत्रन दिने वा नदिने भन्ने विषयमा सरोकारवाला निकायले निर्णय गर्न नसक्दा उनीहरु ३ घण्टा विमानभित्रै रोकिएका थिए ।

तर अन्तिम समयमा आएर विमानमा रहेका ९७ जना नेपाली रहेको र उनीहरुले विमानमा नाराबाजी गरेपछि विमानस्थल प्रशासनले उनीहरुलाई विमानस्थलबाट सिधै कोरोनाको क्वारेन्टाइनमा पठाएको छ । त्यसमा एकजना नेदरल्याण्डका नागरिक रहेका छन् । उनलाई पनि अहिले तत्कालका लागि क्वारेन्टाइनमै पठाइएको र भोलिसम्ममा उनलाई स्वदेश फिर्ता गराउने तयारी भएको बुझिएको छ । यसरी आउने मध्ये एकजना यात्रु नेदरल्याण्डबाट सिँगापुर हुँदै काठमाडौं आएका थिए । उनीहरुलाई विमानस्थलबाट एम्बुलेन्समा राखेर खरिपाटी क्वारेन्टाइनमा पु-याइएको छ ।

शुरुमा सो विमानलाई अवतरण गर्न दिने वा नदिने भन्ने विषयमा विमानस्थलको टावरले नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको थियो । प्रधिकरणले सो विमानलाई यहाँ अवतरणका लागि अनुमति नदिने बताएपछि टावरले सोही जानकारी विमानका चालकलाई दिएका थिए । तर विमानका पाइलटले तेल भरेर फर्कने भन्दै अवतरणको लागि अनुमति मागेका थिए । अनुमति पाएलगत्तै विमान अवतरण भएपनि पछि विमानमा रहेका नेपालीहरुले नाराबाजी गरेपछि विमानस्थलमा ३ घण्टासम्म के गर्ने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरण, टावर तथा सरोकारवाला निकायबीच जोडतोडका साथ छलफल चलेको थियो ।

नेदरल्याण्डबाट आएका नेपाली र एक विदेशी नागरिकका कारण तत्कालका लागि विमान अवतरणको अनुमति नदिइएको विमानस्थलको स्रोतको भनाई छ । नेदरल्याण्ड कोरोना प्रभावित युरोपेली मुलुक मध्येको एक हो । तर पनि विमानस्थलमा उनीहरुले नाराबाजी गरेपछि सोझै उनीहरुलाई क्वारेन्टाइनमा पठाउने सहमति भएपछि विमानबाट ओह्रालिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...

मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...

अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक

२०७७ चैत्र ४ गते बुधबार

१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार...

Top