चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०
घोराही । दाङ्गमा आज दिउँसो फरक फरक समयका परेको चट्याङ्ग लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गले दिएको जानकारी अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका आज दिउँसो छुट्टाछुट्टै समयमा परेको चट्याङ्गमा परी ३ जनाको ज्यान गएको हो ।

तुलसीपुर उपमहानगरपालिका स्थित गीता चौधरी र लक्ष्मी आचार्यको घरमा एकै समयमा दुईवटा चट्याङ्ग परेको थियो । जसमा परी दुई जनाको मृत्यु भएको थियो । यस्तै घोराहीको हापुरमा रहेको सूर्यबहादुर पुरीको घरमा सोही आसपासको समयमा परेको चट्याङ्गबाट अर्का एक जनाको घटनास्थलमै ज्यान गएको हो ।

सो घटनामा स्थानीय ७ वर्षकी बालिका सृष्टि चौधरी र सोही ठाउँकै ५४ वर्षीया लक्ष्मी आचार्यको उपचारको क्रममा तुलसीपुरमा निधन भएको हो । यस्तै घोराहीमा भएको अर्को घटनामा स्थानीय ८ वर्षका बालक ताराबहादुर देव पुरीको ज्यान गएको छ । उनको पनि उपचारका लागि अस्पताल पु¥याएलगत्तै ज्यान गएको हो । मृतक सबै घर आसपासमै रहेका बेला एक्कासी चट्याङ्ग परेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो

२०७७ मंशिर २१ गते आइतबार

०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...

असारे झरीले भत्कियो काठमाडौंको सदरखोर असारे झरीले भत्कियो काठमाडौंको सदरखोर

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...

ब्रह्मलीन भए नेपाली सांगीतिक आकाशका ‘रत्न’ अर्थात् रत्नशमशेर थापा ब्रह्मलीन भए नेपाली सांगीतिक आकाशका ‘रत्न’ अर्थात् रत्नशमशेर थापा

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा...

युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित

२०७७ कार्तिक २१ गते शुक्रबार

पि.एल. तरंग०६ नोभेम्बर, २०२०लिंकरोभर, बेल्जियम । युरोपमा चिसो मौसम...

Top