कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पृथ्वीको सुदुरपश्चिममा अवस्थित मुलुक अमेरिका र क्यानडा समेत नराम्ररी प्रभावित बनेका छन् । दुई देशमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यी दुई देशबीचको सिमा नाका बन्द गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या दुबै देशमा फैलन नदिन र यहाँ रहेकाहरुलाई थप सुरक्षित रहेको प्रत्याभूति गराउन अमेरिका र क्यानडाले दुई देशबीचको नाका बन्द गर्ने सहमति जनाएका हुन् । यो सहमति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार अबेर भएको हो । दुई देशबीचको सिमा नाका बन्द भएपनि अत्यावश्यक तथा सहमतिमा उल्लेख भएका महत्वपूर्ण दैनिक उपभोग्य बस्तुको आयात निर्यात भने हुनेछ । विशेष गरी क्यानडाको दक्षिणी नाका जुन अमेरिकासँग जोडिएका छन्, ती नाकाहरु बन्द गर्ने विषयमा सहमति बनेको हो । यो निर्णय आजैबाट कार्यान्वयन भएको बताइएको छ ।

यो निर्णयसँगै दैनिक लाखौंको संख्यामा अमेरिका वा क्यानडा आउजाउ गर्ने नागरिकहरु पनि रोकिएका छन् । स्मरणीय के छ भने क्यानडा आयत हुने सामानहको ठूलो हिस्सा अमेरिकामाबाट आउने गरेको छ । यद्यपि यसले दुईदेशबीचको व्यापारमा भने कुनै असर नगर्ने बताइएको छ । आम नागरिकको सुरक्षा र कोरोनाको बढ्दो सुरक्षा सर्तकतालाई मध्यनजर गर्दै यो निर्णय गरिएको अधिकारीहरुको भनाई छ ।

क्यानडामा हालसम्म ७ सय २७ जना कोभिड १९ का संक्रमित भेटिएका छन् भने जसमध्ये उपचारका क्रममा ९ जनाको ज्यान गएको छ । १२ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् । यस्तै अमेरिकामा कोरोनाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना पछिल्लो २४ घण्टामा ज्यान गुमाउने छन् ।

यस्तै अमेरिकामा ९ हजार ४ सय ६४ जनामा हालसम्म कोरोनाको संक्रमण भेटिएको छ । जसमध्ये १ सय ८ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’ सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का...

झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...

Top