कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी : पढ्नुहोस् १५ बुँदामा

Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार


१८ मार्च, २०२०
काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र नियन्त्रणका लागि सरकारले विभिन्नखाले कार्यक्रमहरु अघि सारेको छ । कोरोना संक्रमण नियन्त्रण तथा पूर्वतयारी विशेष समितिको आज बसेको बैठकले तत्कालका लागि विद्यालयबन्द गर्नेदेखि विदेशबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउनेसम्मका छन् । यद्यपि समितिले आसन्न इसीसी परिक्षा भने पूर्ववत समयमै सञ्चालन हुने जनाएको छ ।

सरकारले आज गरेको निर्णय अनुसार विदेशबाट आउने सबै विमान तथा यात्रुहरुलाई आगामी मार्च २० तारिख पछाडिबाट नेपाल प्रवेश गर्न दिइने छैन । यस्तै विद्यालयहरु चैत्र महिनाभरका लागि बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसका अलावा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ ।

यस्तै २५ जना भन्दा बढी मानिसहरुलाई एकै ठाउँमा भेला नहुन, डिस्को, डान्स, सिनेमाघरलगायतका बढि मानिसहरुको भेलाहुने ठाउँ पनि आजैरातिदेखि बन्द गर्न सरकारले निर्देशन गरेको छ । यस्तै सवारी साधनमा सिटसंख्याभन्दा बढी यात्रु राखेर यात्रा नगर्न तथा नगराउन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

यी सबै विषयमा नियमक निकाय तथा प्रहरीले अनुगमन गरी नियम मिच्नेलाई कडा कारबाही गर्ने जनाएको छ । हेर्नुस् सरकारले कोरोना नियन्त्रणका लागि गरेको १५ बुँदे निर्णयः



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन...

कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...

पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा

२०७७ मंशिर १८ गते बिहिबार

०३ डिसेम्बर, २०२०काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट...

४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी ४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी

२०७७ श्रावण ३ गते शनिबार

१८ जुलाई, २०२०काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको...

Top