Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०
बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको विवादले झडपको रुप लिँदा पनौती तनावग्रस्त बनेको छ । आज दिउँसो पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा स्थानीयजनिमाया गोले र उनकी छोरी स्मारिका गोलेको ज्यान गएपछि स्थानीय बासिन्दा आक्रोशित बनेर प्रदर्शनमा उत्रिएका थिए ।
दुबैजनाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल धुलिखेलमामा निधन भएको हो । ट्रिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि आक्रोशित स्थानीय वासिन्दा प्रदर्शनमा उत्रिएपछि प्रहरी पनि सुरक्षामा लागेको थियो । प्रदर्शनमा उत्रिएका स्थानीयले पनौतीको प्रहरीबीचमा आगजनी गरेका छन् भने गोली लागेर प्रहरी घाइते भएको बताइएको छ ।
यद्यपि यो गोली कसले चलायो भन्ने विषयमा राति अबेर भएकाले कुनै जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले लाठीचार्ज तथा केहीसेल अश्रुग्याँस प्रहार समेत गरेको छ । जसबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । राति ११ बजेसम्मपनि प्रदर्शन जारी रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो
२०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...
थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण
२०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता...
नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै
२०७७ माघ ११ गते आइतबार
२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...
Top