इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो

Best Khabar Team | २०८० आश्विन २३ गते मंगलबार


१० अक्टोबर, २०२३
काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो छिटो विमान चार्टर गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बायुसेवा निगम र निजी विमान कम्पनी हिमालयन एयरलाईन्स चार्टर गरेर इजरायलमा जारी युद्दमा फसेका नेपालीहरुलाई तुरुन्त नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको हो । यसको लागि सरकारले नेपालस्थित इजरायली दुतावासँग आवश्यक समन्वय गरिरहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।

इजरलायलमा रहेका मध्ये नेपाल फर्कन चाहनेहरुको नामावली तयारीका लगि सरकारले अनर्लाइन एवं इजरायलस्थित नेपाली दुतावासमार्फत् तथ्यांक संकलनको काम यसअघि नै शुरु गरिसकेको छ । नेपाल फर्कन चाहनेहरुको एकिन तथ्यांक संकलन भै सकेपछि सरकारले तत्काल उनीहरुलाई नेपाल ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । प्यालेस्टाइनी आतंकबादी समूहले केहीदिनअघि इजारायलमा गरेको आक्रमणमा परी हालसम्म १० नेपालीसहित विभिन्न देशका गरी करिब १५ सय जनाको ज्यान गैसकेको छ । हालसम्म एकजना नेपाली हराइरहेका छन् ।

उद्दार गरिएका नेपालीहरुलाई राखिएको मरुभूमिस्थित रमाद नेगेभ नामको शहर । तस्वीर साभार : गुगल

यसैबीच युद्दग्रस्त इजरायलको सेदोत नेगेभमा क्षेत्रमा रहेका ५४ जना नेपाली विद्यार्थीहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा लगिएको इजरायलस्थित नेपाली दुतावासले जानकारी दिएको छ । दुतावासलाई उद्दृत गर्दै परराष्ट मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न क्षेत्रमा रहेका ५५ जना नेपालीहरुलाई त्यहाँको सेनाले उद्दार गरी सेदोत नेगेभाबाट करिब १ सय किलोमिटर टाढाको सुरक्षित ठाउँमा सारेको हो । उनीहरुमध्ये अधिकांश नेपालबाट कृषि विद्यार्थीको रुपमा इजरायल पुगेका थिए । उनीहरु हाल इजरायलस्थित नेपाली दुतावासको समन्वयमा रहको बताइएको छ । उनीहरुलाई पनि तत्काल नेपाल ल्याउनको लागि प्रक्रिया अघि बढाइएने बताइएको छ । यसैबीच सरकारले इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउनको लागि पनि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

नेपालबाट पठाइने चार्टर विमानमै उनीहरुको शब पनि ल्याइने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । उनीहरुलाई हाल मरुभूमिस्थित रमाद नेगेभ नामको शहरमा राखिएको छ । जुन स्थान युद्दको चपेटाभन्दा टाढा रहेको र सुरक्षित स्थान भएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

निलकण्ठ शोकमा, आज सार्वजनिक विदा निलकण्ठ शोकमा, आज सार्वजनिक विदा

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो ७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा  (नामावलीसहित) धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...

Top