Best Khabar Team | २०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३
काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो छिटो विमान चार्टर गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बायुसेवा निगम र निजी विमान कम्पनी हिमालयन एयरलाईन्स चार्टर गरेर इजरायलमा जारी युद्दमा फसेका नेपालीहरुलाई तुरुन्त नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको हो । यसको लागि सरकारले नेपालस्थित इजरायली दुतावासँग आवश्यक समन्वय गरिरहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।
इजरलायलमा रहेका मध्ये नेपाल फर्कन चाहनेहरुको नामावली तयारीका लगि सरकारले अनर्लाइन एवं इजरायलस्थित नेपाली दुतावासमार्फत् तथ्यांक संकलनको काम यसअघि नै शुरु गरिसकेको छ । नेपाल फर्कन चाहनेहरुको एकिन तथ्यांक संकलन भै सकेपछि सरकारले तत्काल उनीहरुलाई नेपाल ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । प्यालेस्टाइनी आतंकबादी समूहले केहीदिनअघि इजारायलमा गरेको आक्रमणमा परी हालसम्म १० नेपालीसहित विभिन्न देशका गरी करिब १५ सय जनाको ज्यान गैसकेको छ । हालसम्म एकजना नेपाली हराइरहेका छन् ।

उद्दार गरिएका नेपालीहरुलाई राखिएको मरुभूमिस्थित रमाद नेगेभ नामको शहर । तस्वीर साभार : गुगल
यसैबीच युद्दग्रस्त इजरायलको सेदोत नेगेभमा क्षेत्रमा रहेका ५४ जना नेपाली विद्यार्थीहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा लगिएको इजरायलस्थित नेपाली दुतावासले जानकारी दिएको छ । दुतावासलाई उद्दृत गर्दै परराष्ट मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न क्षेत्रमा रहेका ५५ जना नेपालीहरुलाई त्यहाँको सेनाले उद्दार गरी सेदोत नेगेभाबाट करिब १ सय किलोमिटर टाढाको सुरक्षित ठाउँमा सारेको हो । उनीहरुमध्ये अधिकांश नेपालबाट कृषि विद्यार्थीको रुपमा इजरायल पुगेका थिए । उनीहरु हाल इजरायलस्थित नेपाली दुतावासको समन्वयमा रहको बताइएको छ । उनीहरुलाई पनि तत्काल नेपाल ल्याउनको लागि प्रक्रिया अघि बढाइएने बताइएको छ । यसैबीच सरकारले इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउनको लागि पनि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

नेपालबाट पठाइने चार्टर विमानमै उनीहरुको शब पनि ल्याइने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । उनीहरुलाई हाल मरुभूमिस्थित रमाद नेगेभ नामको शहरमा राखिएको छ । जुन स्थान युद्दको चपेटाभन्दा टाढा रहेको र सुरक्षित स्थान भएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...
बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...
अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...
नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...
Top