Best Khabar Team | २०७८ श्रावण ८ गते शुक्रबार
२३ जुलाई, २०२१
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये ४ वटा अस्पतालबाट कोरोना विरुद्धको खोप लगाएको कार्डको प्रमाणिकरण गर्न सकिने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ सेवा विभागले जनाए अनुसार यसअघि काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पताल बाट मात्रै खोप लगाएको प्रमाणित प्रमाणपत्र लिन सकिने थियो । तर सो अस्पतालमा खोपको मात्रा पुरा गरेर प्रमाणपत्र लिन जानेहरुको चाप ह्वात्तै बढेपछि काठमाडौंका अन्य अस्पतालबाट पनि यो सुविधा लिन सकिने गरी स्वास्थ्य मन्त्रालये आजैदेखि लागूहुने गरी अनुमति प्रदान गरेको हो ।

कोरोना भाइरस विरुद्धको खोपको मात्रा पुरा गरेकाहरुले विदेश जान तथा अन्य प्रयोजनका लागि नेपाल सरकारले तोकेको अस्पतालबाट मात्रै आधिकारिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिएको छ । यसअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई मात्रै यो सुविधा दिएको थियो । तर कोरोनाको जोखिमलाई ख्यालै नराखी मध्यरातदेखि सयौं कोरोनाको खोप लिनका लागि लाइनमा बसेको समाचार सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले काठमाडौंका अन्य चार अस्पताललाई पनि खोपको प्रमाणिकरणसहितको प्रमाणपत्र दिनसक्ने गरी अनुमति दिएको छ । सरकारको यो निर्णयसँगै आजबाट अब काठमाडौंको टेकुअस्पताल बाहेक बानेश्वरस्थित निजामती अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट पनि खोप कार्डाको आधारमा प्रमाणिकरणसहितको प्रमाणपत्र लिन सकिने छ ।
सरकारको यो निर्णयसँगै आजबाट अब काठमाडौंको टेकुअस्पताल बाहेक बानेश्वरस्थित निजामती अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट पनि खोप कार्डाको आधारमा प्रमाणिकरणसहितको प्रमाणपत्र लिन सकिने छ ।
विशेष गरी बैदेशिक रोजगारीमा जानेहरुको हकमा कतिपय देशले आफ्नो देशमा आउने विदेशी कामदारलाई कोरोना विरुद्धको खोप अनिवार्य गरेपछि अहिले दैनिक सयौंको संख्यामा युवायुवतीहरु खोपको प्रमाणिकरण लिन अस्पताल धाउन थालेका छन् । अस्पतालमा खोप लगाएको प्रमाणित प्रमाणपत्र लिन भीड लाग्न थालेपछि अस्पतालको नियमित सेवासमेत प्रभावित बनेको तथा कोरोनाको जोखिम बढेको टेकु अस्पतालले जनाएको छ । विशेषगरी कोरोना भाइरसको संक्रमण पैmलन नदिन अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी बिनानै सयौं जना लाइनमा टाँसिएर बस्दा जोखिम बढेको भन्दै सामाजिक सञ्जालहरुमा अन्य अस्पतालहरुलाई पनि यो सुविधा दिएर भीड घटाउनतर्फ सरकारको ध्यानाकर्षण गराईको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...
फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले...
काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान
२०७६ पुष ९ गते बुधबार
२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा...
Top