Best Khabar Team | २०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२०
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको तथ्य फेला परेको छ । आज बिहान भक्तपुरको मनहराफाँटस्थित निर्माणधिन घरमा बम विस्फोट सरकारद्वारा प्रतिबन्धित चन्द समूहले गराएको घटनास्थलमा भेटिएको पर्चामा भेटिएको प्रहरीले जनाएको छ । यद्यपि घर भने निर्माणाधिन अवस्थामा रहेकोले विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । विस्फोट घरको कम्पाउन्डभित्र गरिएकाले सामान्य क्षति पुगेको छ ।

निवर्तमान सूचना तथा सञ्चारमन्त्री रहेका बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा करोडौं रकम घुस मागेर राज्यलाई कंगाल बनाउन खोजेकोले बम विस्फोट गर्नुपरेको नेकपाको पर्चामा उल्लेख छ । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको’ पर्चामा उल्लेख छ । यस्तै पर्चामा आफ्नो समूहमाथि प्रतिबन्ध लगाउने प्रमुख मतियारसमेत भएकोले कारबाही गर्नुपरेको बताइएको छ ।
सरकारले चन्द नेतृत्वको नेकपाका सबै गतिविधिलाई केहीसमय अघि प्रतिबन्ध लगाएको थियो । सो समूहले यसअघि भ्रष्टाचारमा संलग्न रहेको भन्दै विभिन्न व्यक्ति तथा समूहमाथि कारबाही गरेको जनाएको छ । सरकारलाई तिर्नुपर्ने अर्बौं राजस्व छलेको भन्दै एनसेलका दुईदर्जन टावरमाथि उसले आगजनी गरेको थियो ।

भक्तपुरमा भएको घटनाको विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया तीब्र बनाएको जनाएको छ । घटनास्थलमा प्रहरीले प्रेसर कुकर बम विस्फोट भएको जनाएको छ । कुकरभित्र केही फलाम र सिसाका टुक्राहरुसमेत भेटिएको बताईन्छ । घटनास्थल अहिले प्रहरीले घेराबन्दी गरेर राखेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...
पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...
बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)
२०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...
Top