बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार


घटनास्थल लुभेन मेट्रो स्टेसन बेल्जियम ।

०६ मार्च, २०२०
लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली युवकले गुडिरहेको रेलको अगाडिको लिगमा हामफालेर आत्महत्या गरेका छन् । पश्चिम नेपालको पर्वत जिल्ला घर भएका ३५ वर्षका सुमन जैसी नामका ती युवक लामो समयदेखि बेल्जियममै बस्दै आएका थिए । उनले २ दिनअघि साँझ लुभेन शहरमा चल्ने रेलको लिगमा हाम फालेका हुन् ।

उनले रेलको लिगमा हामफालेको केही सेकेन्डभित्रै रेल आएर किच्दा उनको घटनास्थलमै ज्यान गएको थियो । झण्डै १४ वर्षदेखि बेल्जियम बस्दै आएका जैसीले किन आत्महत्याको बाटो रोजे भन्ने खुल्न सकेको छैन । यद्यपि पछिल्लो समयमा उनी डिप्रेसनबाट गुज्रिएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

पारिवारिक कारणबाट उनी पीडित बनेको र त्यसबाट उत्पन्न तनावलाई झेल्न नसकेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएका छ । जैसीले अन्र्तजातीय विवाह गरेको र श्रीमतीसँग पछिल्ला केहीवर्षता मनमुटाव रहेको उनी निकटका नेपालीहरुले बताएका छन् । उनकी श्रीमती पनि लामो समयदेखि बेल्जियमै बस्दै आएकी छन् । पछिल्लो समयमा श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको आशंका गरेका उनले केही यस्तै फोटोहरु भेटेको भन्दै केही साथीहरुलाई बताएका थिए ।

जसका कारण उनलाई थप तनाव श्रृजना भएको थियो । उनको आत्महत्याको विषयमा त्यहाँका नेपालीहरुले उनको परिवारसँग पनि सोधपुछ गरिरहेको बताइएको छ । पछिल्लो समयमा उनले डिप्रेसनको औषधी समेत खाँदै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९...

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी ! उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...

श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...

Top