Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२०
लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली युवकले गुडिरहेको रेलको अगाडिको लिगमा हामफालेर आत्महत्या गरेका छन् । पश्चिम नेपालको पर्वत जिल्ला घर भएका ३५ वर्षका सुमन जैसी नामका ती युवक लामो समयदेखि बेल्जियममै बस्दै आएका थिए । उनले २ दिनअघि साँझ लुभेन शहरमा चल्ने रेलको लिगमा हाम फालेका हुन् ।
उनले रेलको लिगमा हामफालेको केही सेकेन्डभित्रै रेल आएर किच्दा उनको घटनास्थलमै ज्यान गएको थियो । झण्डै १४ वर्षदेखि बेल्जियम बस्दै आएका जैसीले किन आत्महत्याको बाटो रोजे भन्ने खुल्न सकेको छैन । यद्यपि पछिल्लो समयमा उनी डिप्रेसनबाट गुज्रिएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

पारिवारिक कारणबाट उनी पीडित बनेको र त्यसबाट उत्पन्न तनावलाई झेल्न नसकेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएका छ । जैसीले अन्र्तजातीय विवाह गरेको र श्रीमतीसँग पछिल्ला केहीवर्षता मनमुटाव रहेको उनी निकटका नेपालीहरुले बताएका छन् । उनकी श्रीमती पनि लामो समयदेखि बेल्जियमै बस्दै आएकी छन् । पछिल्लो समयमा श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको आशंका गरेका उनले केही यस्तै फोटोहरु भेटेको भन्दै केही साथीहरुलाई बताएका थिए ।
जसका कारण उनलाई थप तनाव श्रृजना भएको थियो । उनको आत्महत्याको विषयमा त्यहाँका नेपालीहरुले उनको परिवारसँग पनि सोधपुछ गरिरहेको बताइएको छ । पछिल्लो समयमा उनले डिप्रेसनको औषधी समेत खाँदै आएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
हवाई उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको...
कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका...
चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि...
Top