Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२०
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद अक्कल रावल बलात्कारको अभियोगमा पक्राउ परेका छन् । सांसद रावलले आफूमाथि बलात्कार गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ती महिलाले आज जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएकी थिइन् । प्रहरीले आफ्नै कार्यालयमा आत्मसमर्पण गर्न आइपुगेका सांसद रावललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रावल अछामबाट निर्वाचित प्रदेश सांसद हुन् । प्रहरीमा ती महिलाले फागुन १४ गते जाहेरी दिएलगत्तै प्रहरीले रावलमाथि पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनी तत्कालीन नेकपाका तर्फबाट विजयी सांसद हुन् । रावललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको भन्दै भोलि अदालतबाट म्याद थप गरी अभियोगको बारेमा थप अनुसन्धान गर्ने जनाएको छ । माओवादीको सशस्त्र युद्धका बेला रावल सुदुरपश्चिममा सक्रिय रुपमा सहभागि थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण...
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा...
Top