चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार


२८ फेब्रुअरी, २०२०
काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा चर्चामा रहेका नवनायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । चलचित्रका पुराना नायक भुवन केसीका पुत्रसमेत रहेका नायक केसी विरुद्ध चलचित्रमा अभियन गर्ने भनेर पेश्की लिएर पनि अभिनय नगरेको भन्दै आज काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा उजुरी परेको हो ।

‘धुरौरो’ नामक नेपाली चलचित्रमा अभियन गर्नका लागि सहमति गरी नायक केसीले ५ लाख रुपियाँ पेस्की समेत लिएसकेको भएपनि उनले अभिनय गर्न इन्कार गरेर आफूहरुमाथि ठगी गरेको भन्दै चलचित्रका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले आज काठमाडौं प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

चलचित्र धुपौरो फिलिम्स नेपाल र जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रका लागि केसीलाई कुल ४० लाख रुपैयाँ दिने सहमति भएको बताइएको छ । यो सहमति अनुसार असोज ३ गते अनमोललाई ५ लाख अग्रिम भुक्तानी समेत गरिएको भएपनि फाल्गुन वितिसक्दा लाग्दा समेत उनले फिल्ममा अभिनय गर्न नमानेर आफूमाथि ठगी गरेको उजुरीकर्ताको दाबी छ ।

उजुरीमा फिल्मका लागि शरीर बनाउन जिम क्लास तथा अन्य व्यायमलगायतका लागि खर्च चाहिएको भन्दै थप २ लाख ५० हजारसमेत उल्लेख छ । उजुरीमा फिल्मका कलाकार तथा अन्य प्राविधिकहरुलाई समेत केसीकै दबाबमा ३० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको उजुरीमा उल्लेख छ । रकम लगेपछि अनमोल केसी सम्पर्कमा नआएको भन्दै तत्काल ठगी मुद्दामा उनीमाथि कारबाही गर्न उजुरीकर्ताले प्रहरी समक्ष अनुरोध गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते

२०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...

युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...

Top