Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०
धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला विरुद्ध विशेष अदालतले ४ वर्ष कैद र झण्डै साढे १९ करोड बराबरको जरिवाना सुनाइएको छ । विशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज भएको अन्तिम सुनुवाईमा सञ्जय साह टक्लाविरुद्ध ४ वर्ष कैद सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको विगो जफत हुने फैसला आएको हो ।
यसअघि अख्तियारले टक्लाका विरुद्ध ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी तत्कालीन नेकपा माओवादीका तर्फबाट धनुषा ३ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । उनी राज्यमन्त्री हुँदा पदीय हैसियत मिचेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...
भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
२०८२ असार १ गते आइतबार
१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...
चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...
Top