Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०
धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला विरुद्ध विशेष अदालतले ४ वर्ष कैद र झण्डै साढे १९ करोड बराबरको जरिवाना सुनाइएको छ । विशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज भएको अन्तिम सुनुवाईमा सञ्जय साह टक्लाविरुद्ध ४ वर्ष कैद सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको विगो जफत हुने फैसला आएको हो ।
यसअघि अख्तियारले टक्लाका विरुद्ध ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी तत्कालीन नेकपा माओवादीका तर्फबाट धनुषा ३ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । उनी राज्यमन्त्री हुँदा पदीय हैसियत मिचेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...
अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित...
२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न
२०७७ कार्तिक १४ गते शुक्रबार
३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...
पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...
Top