Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२०
रोम । युरोपमा हालसम्म सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितहरुको संख्या इटलीमा देखिएको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार इटलीमा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाको ज्यान गएको छ भने करिब १ सयमा नयाँ संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस्तै सरकारले इटलीका भेनेटो, लोम्बार्डीलगायतका एकदर्जन शहरहरुका सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनेका छन् । ती शहरहरुमा विद्यालय, हवाई सेवा, सार्वजनिक बसलगायतका सेवाहरु तत्कालका लागि बन्द गरिएको छ । गएराति प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा सार्वजनिक गर्दै उत्तरी इटलीका एक दर्जन शहरहरुलाई उच्च निगरानीमा राखेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले नागरिकहरुलाई शहर छाड्न र प्रवेश गर्न निषेश गरेको घोषणा गरेका छन् । अत्यावश्यक अवस्थामा भने स्थानीय प्रशासनसँग अनुमति लिएर बाहिर जान सकिने बताइएको छ । यसका कारण त्यस क्षेत्रमा रहेका करिब ५० हजार मानिसहरुले तत्काल घरभित्रै बस्नुपर्ने अवस्था सिर्जना भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ । ती क्षेत्रका विद्यालय, क्याम्पसलगायत पनि बन्द गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड
२०७६ कार्तिक ६ गते बुधबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...
पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन
२०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको...
सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा
२०७६ मंशिर २५ गते बुधबार
१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...
क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ...
Top