प्रधानमन्त्री ओली युरोप आउँदै

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार


पी.एल. तरंग/ब्रसेल्स
०२ जुन, २०१९
यही जुन ८ तारिखमा स्विटजरल्याण्डको जेनेभामा हुने एक अन्र्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली युरोप आउनुहुने भएको छ । जुन ८ मा जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोहीदिन जेनेभा आइपुग्नुहुने भएको हो ।

यस पटकको युरोप भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एकसाता युरोपमा विताउनुहुने परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दिएको छ । स्विट्जरल्याण्डको कार्यक्रम सकिएपछि प्रधानमन्त्री बेलायत जानुहुने भएको छ । त्यहाँको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले सहभागीता जनाउनुहुने छ । त्यसक्रममा उहाँले सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फाइल तस्वीर : प्रधानमन्त्री ओली

बेलायतको कार्यक्रमपछि प्रधानमन्त्री ओली युरोपेली मुलुक फ्रान्सको भ्रमणमा जानुहुने भएको छ । पेरिसमा रहँदा प्रधानमन्त्री ओलीले राजनीति भेटवार्ता गर्ने कार्यक्रम रहेपनि यसविषयमा परराष्ट्र स्रोतले कुनै कार्यक्रम सार्वजनिक गरेको छ । पेरिसमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली कुटनीतक नियोग तथा नेपाली समुदायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । एक साता लामो युरोप भ्रमण पुरा गरी उहाँ जुन १६ मा काठमाडौं फर्कनुहुने कार्यक्रम रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु

२०७७ श्रावण २८ गते बुधबार

१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो...

लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो

२०७७ मंशिर २१ गते आइतबार

०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...

Top