Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार
पी.एल. तरंग/ब्रसेल्स
०२ जुन, २०१९
यही जुन ८ तारिखमा स्विटजरल्याण्डको जेनेभामा हुने एक अन्र्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली युरोप आउनुहुने भएको छ । जुन ८ मा जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोहीदिन जेनेभा आइपुग्नुहुने भएको हो ।
यस पटकको युरोप भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एकसाता युरोपमा विताउनुहुने परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दिएको छ । स्विट्जरल्याण्डको कार्यक्रम सकिएपछि प्रधानमन्त्री बेलायत जानुहुने भएको छ । त्यहाँको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले सहभागीता जनाउनुहुने छ । त्यसक्रममा उहाँले सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बेलायतको कार्यक्रमपछि प्रधानमन्त्री ओली युरोपेली मुलुक फ्रान्सको भ्रमणमा जानुहुने भएको छ । पेरिसमा रहँदा प्रधानमन्त्री ओलीले राजनीति भेटवार्ता गर्ने कार्यक्रम रहेपनि यसविषयमा परराष्ट्र स्रोतले कुनै कार्यक्रम सार्वजनिक गरेको छ । पेरिसमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली कुटनीतक नियोग तथा नेपाली समुदायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । एक साता लामो युरोप भ्रमण पुरा गरी उहाँ जुन १६ मा काठमाडौं फर्कनुहुने कार्यक्रम रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...
सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
२०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...
५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...
काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...
Top