Best Khabar Team | २०७६ फाल्गुन १० गते शनिबार

२२ फेब्रुअरी, २०२०
जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक शुरु हुँदैछ । यही फेब्रुअरी २४ देखि शुरुहुने बैठकमा विश्वका विभिन्न राष्ट्रका परराष्ट्रमन्त्री तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
बैठकमा विश्वका विभिन्न देशको मावनअधिकारको पछिल्लो अवस्थाको बारेमा प्रतिवेदनहरु पेश हुनेछन् । विशेषत : यो वर्ष बालअधिकार सम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवको अवसरमा बैठक गर्न लागिएकोले बालअधिकारका मुद्दाहरुले विशेष प्राथमिकता पाउने छ । नेपालले पनि यो बैठकमा सहभागिता जनाउँदैछ । बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज जेनेभा आइपुग्ने कार्यक्रम रहेको छ ।
उनले यहाँ रहँदा नेपालमा बालबालिकाको अवस्था, उनीहरुको हक अधिकार, स्वस्थ्य, शिक्षा, पोषण, मनोरञ्जनलगायतका विषयमा प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यहाँ रहँदा मन्त्री ज्ञवालीले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा नेपालको पराष्ट्रमन्त्रालयका केही अधिकारीहरुसमेत सहभागि हुनेछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...
भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...
कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...
Top