Best Khabar Team | २०७६ फाल्गुन ९ गते शुक्रबार

२१ जनवरी, २०२०
सोल । दक्षिण कोरियामा पहिलोपटक कोरोना भाईरसबाट एकजनाको ज्यान गएको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसबाट दक्षिण कोरियामा एकजनाले ज्यान गुमाएपछि यहाँका सरकारी अधिकारीहरुले नगर क्षेत्रभित्रका मानिसहरुलाई घरबाहिर ननिस्कन निर्देशन दिएका छन् ।
दक्षिण कोरियामा हालसम्म करिब १ सय जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । स्थानीय एक चर्चमा कोरोनाको संक्रमण भएका एक व्यक्ति प्रार्थनाका लागि पुगेपछि त्यहाँका अन्य मानिसहरुमा समेत कोरोना भाईरसको प्रकोप देखिएको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारको यो निर्देशनसंगै दक्षिण कोरियाको डाइगु क्षेत्रका करिब २५ लाख मानिसहरु अब घरभित्रै बस्नुपर्ने भएको छ । शुरुमा करिब ६० वर्षीया बृद्दामा कोरोनाको संक्रमण देखिएको थियो । ती महिला चर्चमा प्रार्थनाका लागि गएका बेला अन्यमा पनि कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको छ ।
यो सँगै अब दक्षिण कोरियामा पनि कोरोना भाइरसले महामारीको रुप लिनसक्ने भन्दै यहाँका अस्पताल तथा चिकित्सकहरुलाई आवश्यक सबै तयारी अघि बढाउन आग्रह गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता
२०७७ भाद्र १८ गते बिहिबार
०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...
नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...
१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...
Top