विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालकी अनिला श्रेष्ठ सहभागी हुँदै (फोटोफिचर सहित)

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ । अनिलाले अब चीनको ग्वान्जोमा आगामी यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।

मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि जनवरी १ तारिख सम्म चीनको ग्वान्जोमा संचालन हुनेछ । ४२औं संस्करणको मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा तय गरिएको छ । प्रतियोगितामा विश्वका ८० बढी मुलुकका विवाहिता महिलाहरुको सहभागिता रहनेछ ।

आफूलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५ देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आटेस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत रहेकी छिन् । एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् । उनी महिलाहरुको पहिरनको आउटलेट आरभ कलेक्सनकी संचालिका पनि हुन् ।

मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ईप्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिलियाटी अवार्ड जित्न सफल भएकी थिइन् ।

यसै गरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रनजीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहागिता जनाएकी थिइन् । २०१८ मा भने मनिशा डंगोलले नेपालको तर्फबाट सहभागिता जनाएका थिइन्, जसमा उनले एन्जल हार्ट अवार्ड प्राप्त गरेकी थिइन् ।

मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ । तस्वीर सौजन्य : सन्तोष सापकोटा इप्लानेट



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’ भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...

फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी...

Top