Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२०
नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा आज बिहान एउटा यात्रुबाहक बस विपरित दिशाबाट आइरहेको अर्को बससँग ठोक्किँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । सुनसरीको दुबहीबाट ३२ जना यात्रु लिएर राजस्थानका लागि गएको सो बस स्थानीय कन्याकुमारीबाट अघि बढ्ने क्रममा सालिम बेङ्गालुरु सडकखण्डको घुम्तीमा दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुमा २ जना महिला र अरु ४ जना पुरुष रहेका छन् ।
सो घटनामा घाइते भएका अरु २० जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको बाइएको छ । दुर्घटनामा पूर्वी नेपालको सुनसरी घर भएका ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका थर उल्लेख नभएका टिकाराम, ५३ वर्षका गोपाल तामाङ्ग, ५० वर्षकी थर उल्लेख नभएकी बोधिनी नामकी महिला रहेकी छन् । यस्तै ५० वर्षका बल्कारी चौधरी र ५५ वर्षका विष्णु थांगेलको पनि दुर्घटनामा ज्यान गएको छ । गोपाल तामाङ्गको उपचारको लागि अस्पताल पु-याउने क्रममा ज्यान गएको बताइएको छ ।
नेपाली यात्रुहरु ३५ दिने तीर्थयात्रका लागि भारतका विभिन्न तिर्थस्थल गएका थिए । घुम्तीमा बस दाहिनेतर्फ मोड्ने क्रममा विपरित दिशाबाट आएको बससँग नेपाली यात्रु सवार बस ठोक्किएको थियो । सो बसमा दुईजना चालक रहेको बताइएको छ । भारतको तामिलनाडुमा आज मात्रै ३ फरकफरक स्थानमा बस दुर्घटना भएका छन् । जसमा २८ जनाले ज्यान गुमाएका छन् ती मध्ये ६ जना नेपालीहरु रहेका छन् । नेपाल र भारतका अधिकांश हिन्दु तीर्थस्थलहरुमा दुबैदेशका धार्मिक पर्यटकहरु वर्षेनी हजारौंको संख्यामा आउने जाने गर्दछन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति
२०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...
कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने
२०७८ जेठ ११ गते मंगलबार
२५ मे, २०२१काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २०...
New Height of Mount Everest 8848.68 metres
२०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a...
Top