Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२०
काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा काँग्रेस उपसभापति विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
ठगी र किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गर्न सहयोग गर्ने गच्छदारसमेत ४ पूर्वमन्त्रीसहित १७२ जना विरुद्ध आज महाराजगञ्जस्थित नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) मा उजुरी परेको हो । यसअघि गृहमन्त्रालयले मुद्दाको जाहेरी तयार गरेको थियो । अब यो मुद्दा दर्ता भएसँगै नेपाल प्रहरीलाई घटनाको विषयमा छानबिनका लागि आरोपीहरुलाई पक्राउ गर्न र आवश्यक अनुसन्धान प्रक्रिया थप अघि बढाउन बाटो खुलेको छ ।

गच्छदारसहितका आरोपीहरु यदि अदालतबाट दोषी ठहर भएको खण्डमा उनीहरुले हिनामिना गरेको रकम असुल उपर गर्न सम्पत्ति जफत तथा १० वर्षसम्मको कैद सजयाँ हुनसक्नेछ । यसअघि अख्तियारले १२ दिन अघि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै
२०७७ जेठ २३ गते शुक्रबार
०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...
चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...
बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
Top