१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार


१५ फेब्रुअरी, २०२०
काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा रोकिएका नेपालीहरु नेपाल फर्केका छन् । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् करिब एक घण्टा अघि उनीहरु काठमाडौं फर्केका हुन् । यसरी फर्कने नेपालीहरुमा १ सय ७५ जना नेपालीहरु रहेका छन् । कुल १ सय ८५ जना नेपालीले उद्दारका लागि चीनस्थित नेपाली दुतावासलाई आग्रह गरेको भएपनि ६ जनाको शरीरमा तापक्रम बढी देखिएपछि उनीहरु विमानस्थलमै रोकिएका छन् ।

उनीहरुलाई चिनियाँ टोलीले निगरानीमा राख्ने जनाइएको छ । यस्तै ४ जना भने आफूखुसी नै चीनमा बस्न राजी भएपनि १ सय ७५ जनाको टिम लिएर नेपाल बायुसेवा निगमको विमाग काठमाडौंका लागि उडेको हो । आज दिउँसो ४ बजे कठामाडौं विमानस्थलबाट उडेको सो विमान भोलि बिहान ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । यसअघि दिउँसो ३ बजे विमान काठमाडौंबाट उड्ने तयारी भएपनि केही प्राविधिक कारणले १ घण्टा ढिला भएको थियो ।

चीनका विभिन्न शहरमा जम्मा भएका नेपालीहरुलाई दुतावासको पहलमा बसमा राखेर विमानस्थलमा ल्याइएको थियो । उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिने छ भने विमानका चालकसहित सहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिकामा रहेको खानेपानी तालिम केन्द्रमा राखिनेछ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’ २०७७ बैशाख ३ सम्म ‘लकडाउन’

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...

भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१ भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

२०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...

उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...

Top