बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


वुहानबाट नेपाल फर्किन बस कुरिरहेका नेपाली : फोटोः अशोक साहको ट्विटर

१५ फेब्रुअरी, २०२०
काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९) को उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा थुनिएका करिब १ सय ९० जना विद्यार्थीहरुको उद्दार करिब १ महिना पछि आज हुन लागेको छ । बुहान प्रान्तमा झण्डै महिनादेखि घरभित्रै थुनिएका नेपालीहरुलाई लिनको लागि नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान दिउँसो ३ बजे बुहानका लागि उड्दैछ । कोरोनाको उद्गम थलोमा चीन सरकारले आवातजावतमा प्रतिबन्ध लगाएपछि अहिले उनीहरु घरभित्रै थुनिएका हुन् ।

नेपाल बायुसेवा निगमका क्याप्टेन विजय लामाले सो विमान लिएर चीनका विद्यार्थीको उद्दारका लागि जाने जानकारी प्राप्त भएपनि यसको औपचारिक पुष्टि भने भै सकेको छैन । उद्दार गरिएका विद्यार्थीहरु राति ३ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा आइपुगेलगत्तै उनीहरुलाई विशेष सावधानीका साथ भक्तपुरको खरिपाटीस्थित विद्यु्त् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछन् । उनीहरुलाई त्यहाँ १५ दिनसम्म ‘अब्जरभेजन’का लागि राखिने र त्यसपछि मात्रै उनीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने वा ननिकाल्ने भन्ने विषयमा निर्णय लिन सकिने बताइएको छ ।

विशेषगरी उनीहरुमा कोरोना भाइरसको संक्रमण देखियो भने उनीहरुलाई त्यही राखेर थप उपचार गरिने छ भने कोरोना प्रमाणित नभएमा उनीहरुलाई त्यहाबाट प्रक्रिया पुरा गरी डिस्चार्ज गरिने छ । सरकारले चौतर्फी दबाबका बाबजुत चीनको बुहानमा फसेका नेपाली विद्यार्थीलाई बुहानबाट १ महिनापछि उद्दार गर्न लागेको हो । स्मरणीय के छ भने कोभिड १९ को प्रकोपले हालसम्म चीनको बुहानमा मात्रै १३ सय जनाको ज्यान गै सकेको छ ।

भक्तपुरको खरिपाटीमा कम्तीमा २ साता क्वारेन्टाइनमा राखेर विद्यार्थीहरुलाई विशेषज्ञ चिकित्सकले रामोसँग चेकजाँच गर्नेछन् । यदि विद्यार्थीमा कुनै समस्या देखियो भने उनीहरुको थप उपचार हुने बताइएको छ । सरकारले चीनको बुहान प्रान्तबाट आउने नेपाली, उनीहरुलाई लिन जाने नेपाली चिकित्सक तथा विमानका चालक, सहचालकलगायतलाई पनि क्वारेन्टाईनमा राखेर उपचार गर्ने जनाएको छ । उनीहरुलाई कोठाबाट विमानस्थलसम्म आउनका लागि चीन स्थित नेपाली दुतावासले बस पठाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०२६ पुष १७ गते बिहिबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध

२०७६ बैशाख २९ गते आइतबार

०५ डिसेम्बर, २०१९ ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको...

कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड  संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन

२०२६ पुष १७ गते बिहिबार

१४ अगस्ट, २०२०काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा...

सरकारले भन्यो : कुलमान घिसिङ्लाई  प्राधिकरणको कार्यकारी निर्देशकमा  निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

२०२६ पुष १७ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...

देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

२०२६ पुष १७ गते बिहिबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...

Top