बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार


वुहानबाट नेपाल फर्किन बस कुरिरहेका नेपाली : फोटोः अशोक साहको ट्विटर

१५ फेब्रुअरी, २०२०
काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९) को उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा थुनिएका करिब १ सय ९० जना विद्यार्थीहरुको उद्दार करिब १ महिना पछि आज हुन लागेको छ । बुहान प्रान्तमा झण्डै महिनादेखि घरभित्रै थुनिएका नेपालीहरुलाई लिनको लागि नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान दिउँसो ३ बजे बुहानका लागि उड्दैछ । कोरोनाको उद्गम थलोमा चीन सरकारले आवातजावतमा प्रतिबन्ध लगाएपछि अहिले उनीहरु घरभित्रै थुनिएका हुन् ।

नेपाल बायुसेवा निगमका क्याप्टेन विजय लामाले सो विमान लिएर चीनका विद्यार्थीको उद्दारका लागि जाने जानकारी प्राप्त भएपनि यसको औपचारिक पुष्टि भने भै सकेको छैन । उद्दार गरिएका विद्यार्थीहरु राति ३ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा आइपुगेलगत्तै उनीहरुलाई विशेष सावधानीका साथ भक्तपुरको खरिपाटीस्थित विद्यु्त् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछन् । उनीहरुलाई त्यहाँ १५ दिनसम्म ‘अब्जरभेजन’का लागि राखिने र त्यसपछि मात्रै उनीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने वा ननिकाल्ने भन्ने विषयमा निर्णय लिन सकिने बताइएको छ ।

विशेषगरी उनीहरुमा कोरोना भाइरसको संक्रमण देखियो भने उनीहरुलाई त्यही राखेर थप उपचार गरिने छ भने कोरोना प्रमाणित नभएमा उनीहरुलाई त्यहाबाट प्रक्रिया पुरा गरी डिस्चार्ज गरिने छ । सरकारले चौतर्फी दबाबका बाबजुत चीनको बुहानमा फसेका नेपाली विद्यार्थीलाई बुहानबाट १ महिनापछि उद्दार गर्न लागेको हो । स्मरणीय के छ भने कोभिड १९ को प्रकोपले हालसम्म चीनको बुहानमा मात्रै १३ सय जनाको ज्यान गै सकेको छ ।

भक्तपुरको खरिपाटीमा कम्तीमा २ साता क्वारेन्टाइनमा राखेर विद्यार्थीहरुलाई विशेषज्ञ चिकित्सकले रामोसँग चेकजाँच गर्नेछन् । यदि विद्यार्थीमा कुनै समस्या देखियो भने उनीहरुको थप उपचार हुने बताइएको छ । सरकारले चीनको बुहान प्रान्तबाट आउने नेपाली, उनीहरुलाई लिन जाने नेपाली चिकित्सक तथा विमानका चालक, सहचालकलगायतलाई पनि क्वारेन्टाईनमा राखेर उपचार गर्ने जनाएको छ । उनीहरुलाई कोठाबाट विमानस्थलसम्म आउनका लागि चीन स्थित नेपाली दुतावासले बस पठाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत

२०७७ असार १२ गते शुक्रबार

२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड  जुन १ बाट हटाइँदै कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

Top