कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार


१३ फेब्रुअरी, २०२०
कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा बालुवाको ढिस्कोले पुरिएर ४ जना नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा अरु ३ जना नेपाली घाइते भएका छन् । स्थानीय मुत्ला सिटी प्रोजेक्ट नामक परियोजनाको निर्माणस्थलको जमिन एक्कासी भत्किँदा त्यसको तल काम गरिरहेका १० जना मजदुर पुरिएका थिए ।

जसमा ४ जनाको निधन भएको र ३ जनाको भने जिवितै उद्दार गरिएको कुवेती सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाको छानबिन गर्न त्यहाँको सरकारले कडा अनुसन्धान अघि बढाएको कुबेतबाट सञ्चालन भएको कुबेत टाइम्स डेल्लीले जनाएको छ । दुर्घटनास्थलमा अरु ३ जना फसिरहेकोले उद्दारको काम भै रहेको बताइएको छ । घाइतेहरुको स्थानीय जाहारा अस्पतालमा उपचार भै रहेको जनाइएको छ । सो दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने नेपालीको सनाखत हुन सकेको छैन । चिनियाँ निर्माण कम्पनीले सो क्षेत्र निर्माणको जिम्मा लिएको बताइएको छ ।

भिडियो सौजन्य :
Mushrak Maila



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनका नेपालीको उद्दार कहिले ? चीनका नेपालीको उद्दार कहिले ?

२०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...

भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...

यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’ स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...

Top