ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार


१२ फेब्रुअरी, २०२०
काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट सुनचाँदीका महत्वपूर्ण गरगहना लुटेर फरार रहेका तीनजनालाई आज पक्राउ गरेको छ । ललितपुरमा रहेको एक सुनचाँदी पसलबाट केहीदिनअघि उनीहरुले रातिको समयमा पसल फुटाएर त्यहाँ रहेका सुनचाँदीका गरगरहना लुटेका थिए ।

करोडौं मूल्य बराबरको सुनचाँदीका गहना लुटिएपछि प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीब्र बनाएकै बेला उनीहरु आज पक्राउ परेका हुन् । प्रहरीले भारतको मोतिहारी घर भएका ३ जना भारतीयलाई काठमाडौंको सतुंगलबाट पक्रेको जनाएको छ । उनीहरुको समुहमा रहेका अन्यको खोजी कार्य तीब्र बनाएको भन्दै प्रहरीले उनीहरुको नाम तथा उनीहरुलाई छिट्टै पत्रकारसम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

ललितपुरमा रहेको सुनचाँदी पसल चोरी गरेर उनीहरु थानकोटबाट बाहिरिने क्रममा सतुंगलबाट समातिएका हुन् । पक्राउ परेकाहरुका साथबाट प्रहरीले सुन र चाँदीका विभिन्न गरगहना र केही थान मोबाइलसमेत बरामद गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ? मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...

काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...

तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो

२०७७ असार २९ गते सोमबार

१३ जुलाई, २०२०दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

Top