यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार


कोरोनाबारे पहिलोपटक सचेतना फैलाउन डाक्टर लिको फाइल तस्वीर ।

०६ फेब्रुअरी, २०२०
बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको बारेमा विश्वबजारमा खासै चर्चा परिचर्चा थिएन । प्राणघातक रोगको रुपमा परिचित कोरोनाले अहिलेसम्म झण्डै ६ सय जनाको ज्यान लिइसकेको छ भने हजारौंमा संक्रमण देखिएको छ ।

यस्तो प्राणघातक महामारीको रुपमा फैलने कोरोनाको बारेमा पहिलोपटक खुलासा गर्ने को होलान् ? सबैको मनमा प्रश्न आउनसक्छ । हो उनी थिए चीनका एक चिकित्सक ली वेनलियांग । जसले सन् २०१९ को डिसेम्बर महिनाको पहिलो हप्ता सार्सजस्तै खतरनाक रोगको प्रकोप फैलनसक्ने भन्दै सबैलाई सावधानी समेत गराउँदै आएका थिए ।

शुरुमा उनले कोरोना भाइरसको बारेमा सचेतना फैलाउने नाममा समाजलाई आतंकित बनाएको भन्दै प्रहरीले पक्राउ गरी एउटा कागजमा हस्ताक्षर गराएर छाडेको थियो । तर त्यसको केही समयअघि अर्थात् २९ दिनअघि कोरोनाको संक्रमणबाट उनी विरामी परे र अस्पतालमा उपचारार्थ भर्ना भए । तर उनले कोरोनालाई जित्न सकेनन् र सबैलाई सचेत बनाउँदै आफू भने ब्रह्हलिन हुन पुगे ।

उपचारको क्रममा लि अस्पतालमा । सबै तस्वीर : अन्र्तराष्ट्रिय सञ्चारमाध्यम

विश्वभरका करोडौं मानिसलाई सचेत गराउन सफल उनै अभागी चिकित्सकको नाम हो ली वेनलियांग, उनको आज निधन भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ । चीनमा कोरोना भाइरसका कारण चिकित्सकको मृत्यु भएको यो दोश्रो घटना हो । यसअघि पनि एक चिकित्सकको उपचारको क्रममा कोरोना संक्रमणकै कारण ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...

Top