Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेबुअरी, २०२०
इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज बिहान भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मा पर्ने सखुवागाछिमा ना ६ ख ७९५ नम्बरको यात्रुबाहक बस र बा ५ ख ३१५७ नम्बरको आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा माइकोबसका चालक धादिङ्गका दिपक खड्का, यात्रुहरु काठमाडौंका हेमराज कोइराला, डोलमाया कोइराला र भक्तपुरकी गरिमा गौतमको ज्यान गएको छ । गौतमको उपचारको क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कोइरालाद्वयको स्थायी घर पूर्वी नेपालको झापा भएको बताइएको छ । सो दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भै रहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनालगत्तै प्रहरीले यात्रुबाहक नाइट बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...
पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...
पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको...
तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...
Top