Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेबुअरी, २०२०
इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज बिहान भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मा पर्ने सखुवागाछिमा ना ६ ख ७९५ नम्बरको यात्रुबाहक बस र बा ५ ख ३१५७ नम्बरको आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा माइकोबसका चालक धादिङ्गका दिपक खड्का, यात्रुहरु काठमाडौंका हेमराज कोइराला, डोलमाया कोइराला र भक्तपुरकी गरिमा गौतमको ज्यान गएको छ । गौतमको उपचारको क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कोइरालाद्वयको स्थायी घर पूर्वी नेपालको झापा भएको बताइएको छ । सो दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भै रहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनालगत्तै प्रहरीले यात्रुबाहक नाइट बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन
२०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको...
अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा छुटे, बैंक बस्यो ग्यारेन्टी
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । ७८ लाख रुपैयाँ घुस...
काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...
ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...
Top