पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार


०६ अगस्ट, २०१७
काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन भएको छ । हिजो भएको चुनावमा सन्तवीर लामा संघको अध्यक्ष पदमा विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जिम्मा जाङ्बु शेर्पालाई ६७ मतले पराजित पराजित गर्दै नेतृत्व आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

यसपटक संघको चुनावमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र नयाँ शक्ति निकट पर्यटन व्यवसायीबीच तालमेल भएको थियो । लामाले एमाले र माओवादी निकट व्यवसायीको गठबन्धनबाट बनेको प्यानलबाट अध्यक्षमा उम्मेद्वारी दिएका थिए । लामाले ३ सय ८३ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी शेर्पाले ३ सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै संघको उपाध्यक्षमा ३ सय ७० मत प्राप्त गर्दै दिवश विक्रम शाह विजयी भएका छन् भने द्धितीय उपाध्यक्षमा लामा समुहकै माया शेर्पा विजयी भएकी छन् । महासचिवमा शेर्पा समूहका कुलबहादुर गुरुङ्ग, कोषाध्यक्षमा सुदर्शन न्यौपाने, सचिवमा टिकाराम गुरुङ्ग विजयी भएका छन् ।

साथै कार्यसमिति सदस्यमा सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जीव गुरुङ, डा. हरिप्रसाद श्रेष्ठ, पासाङ तेण्डी शेर्पा विजयी भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...

High Cost Of A Strong Euro High Cost Of A Strong Euro

२०७७ भाद्र ११ गते बिहिबार

Daniel Gros Europe is experiencing a “good” crisis. Despite...

सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...

Top