पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार


०६ अगस्ट, २०१७
काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन भएको छ । हिजो भएको चुनावमा सन्तवीर लामा संघको अध्यक्ष पदमा विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जिम्मा जाङ्बु शेर्पालाई ६७ मतले पराजित पराजित गर्दै नेतृत्व आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

यसपटक संघको चुनावमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र नयाँ शक्ति निकट पर्यटन व्यवसायीबीच तालमेल भएको थियो । लामाले एमाले र माओवादी निकट व्यवसायीको गठबन्धनबाट बनेको प्यानलबाट अध्यक्षमा उम्मेद्वारी दिएका थिए । लामाले ३ सय ८३ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी शेर्पाले ३ सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै संघको उपाध्यक्षमा ३ सय ७० मत प्राप्त गर्दै दिवश विक्रम शाह विजयी भएका छन् भने द्धितीय उपाध्यक्षमा लामा समुहकै माया शेर्पा विजयी भएकी छन् । महासचिवमा शेर्पा समूहका कुलबहादुर गुरुङ्ग, कोषाध्यक्षमा सुदर्शन न्यौपाने, सचिवमा टिकाराम गुरुङ्ग विजयी भएका छन् ।

साथै कार्यसमिति सदस्यमा सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जीव गुरुङ, डा. हरिप्रसाद श्रेष्ठ, पासाङ तेण्डी शेर्पा विजयी भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

२०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन्  ? सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...

महान पर्व बडादशैं शुरु, आज घटस्थापना महान पर्व बडादशैं शुरु, आज घटस्थापना

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा...

Top