चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

Best Khabar Team | २०७७ असार २२ गते सोमबार


०६ जुलाई, २०२०
बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको चीनको स्वासाति भूमि मंगोलियामा फेरि अर्को प्राणघात रोग देखा परेको छ । प्लेग नामबाट परिचित एउटा प्राणघात रोगबाट संक्रमित एकजना विरामी केहीदिनअघि मंगोलियाको एउटा गाउँमा फेला परेका छन् । चीन स्वसाशित मंगोलियामा एकजना गोठाला पुरुष व्यक्तिमा प्लग रोग देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्राणघातक रोगको रुपमा चिनिएको प्लग रोग देखिएपछि उनलाई अहिले मंगोलियाकै एक‘विशेष खालको क्वारेन्टिनमा’ राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । विशेष गरी जंगली जनावरको मासु खाँदा देखिने यो रोग गत वर्षपनि मंगोलियामा देखिएको थियो । गतवर्ष २ जनामा यसको संक्रमण देखिएको थियो । चौधौं शताब्दीमा करोडौं मानिसहरुको ज्यान लिएको यो रोगले सोह्रौं शताब्दीमा पनि विश्वका केही मुलुकमा ठूलो मानवीय क्षति पु-याएको थियो । यस्तै उन्नाईशौं शताब्दीमा बेलायतमा पनि करोडौंले यही रोगका कारण ज्यान गुमाएका थिए ।

अहिले मंगोलियामा प्लग रोग देखिएसँगै चिकित्सकहरुले सावधानी अपनाउनका लागि नागरिकहरुलाई अनुरोध गरेका छन् । मंगोलियामा कतिपय अदिवासी तथा किसानहरुले रोग प्रतिरोधी क्षमता बढाउने भन्दै जंगली जनावरको मासु राम्ररी नपकाईकनै खाने गर्दछन् । अहिले देखिएको प्लेग संक्रमित पनि एकजना आदिवासी गोठाला भएको बताइएको छ । यद्यपि उनमा कसरी प्लेग रोग फैलियो भन्ने खुल्न सकेको छैन ।

मंगोलियाको बायान्नुरस्थित ग्रामीण भेगमा रहेका ती व्यक्तिमा संक्रमण देखिएपछि अब उनलाई चिकित्सकहरुको निगरानीमा राखेर उपचार थालिएको छ । आजभन्दा ७ शताब्दीअघि युरोप, एसिया तथा अफ्रिकी मुलुकहरुमा महामारीका रुपमा फैलिएको प्लेग रोगका कारण करोडौंले ज्यान गुमाएपनि पछिल्ला वर्षहरुमा यो रोगका विरामीहरु एकदमै न्यून मात्रामा देखिँदै आएका छन् ।

स्वास प्रश्वासमा समस्या देखिने तथा ग्रन्थीहरु सुन्निने जस्ता सामान्य लक्षण शुरुमा देखिने भएपनि यो रोगको भाइरस शरीरमा फैलँदै जाँदा मानिसहरु निक्कै कमजोर बन्ने र मृत्युवरण गर्न पुग्ने चिकित्सकहरुको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...

चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...

हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई  कोरोना संक्रमण हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण

२०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा...

Top