Best Khabar Team | २०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०
बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको चीनको स्वासाति भूमि मंगोलियामा फेरि अर्को प्राणघात रोग देखा परेको छ । प्लेग नामबाट परिचित एउटा प्राणघात रोगबाट संक्रमित एकजना विरामी केहीदिनअघि मंगोलियाको एउटा गाउँमा फेला परेका छन् । चीन स्वसाशित मंगोलियामा एकजना गोठाला पुरुष व्यक्तिमा प्लग रोग देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्राणघातक रोगको रुपमा चिनिएको प्लग रोग देखिएपछि उनलाई अहिले मंगोलियाकै एक‘विशेष खालको क्वारेन्टिनमा’ राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । विशेष गरी जंगली जनावरको मासु खाँदा देखिने यो रोग गत वर्षपनि मंगोलियामा देखिएको थियो । गतवर्ष २ जनामा यसको संक्रमण देखिएको थियो । चौधौं शताब्दीमा करोडौं मानिसहरुको ज्यान लिएको यो रोगले सोह्रौं शताब्दीमा पनि विश्वका केही मुलुकमा ठूलो मानवीय क्षति पु-याएको थियो । यस्तै उन्नाईशौं शताब्दीमा बेलायतमा पनि करोडौंले यही रोगका कारण ज्यान गुमाएका थिए ।

अहिले मंगोलियामा प्लग रोग देखिएसँगै चिकित्सकहरुले सावधानी अपनाउनका लागि नागरिकहरुलाई अनुरोध गरेका छन् । मंगोलियामा कतिपय अदिवासी तथा किसानहरुले रोग प्रतिरोधी क्षमता बढाउने भन्दै जंगली जनावरको मासु राम्ररी नपकाईकनै खाने गर्दछन् । अहिले देखिएको प्लेग संक्रमित पनि एकजना आदिवासी गोठाला भएको बताइएको छ । यद्यपि उनमा कसरी प्लेग रोग फैलियो भन्ने खुल्न सकेको छैन ।
मंगोलियाको बायान्नुरस्थित ग्रामीण भेगमा रहेका ती व्यक्तिमा संक्रमण देखिएपछि अब उनलाई चिकित्सकहरुको निगरानीमा राखेर उपचार थालिएको छ । आजभन्दा ७ शताब्दीअघि युरोप, एसिया तथा अफ्रिकी मुलुकहरुमा महामारीका रुपमा फैलिएको प्लेग रोगका कारण करोडौंले ज्यान गुमाएपनि पछिल्ला वर्षहरुमा यो रोगका विरामीहरु एकदमै न्यून मात्रामा देखिँदै आएका छन् ।
स्वास प्रश्वासमा समस्या देखिने तथा ग्रन्थीहरु सुन्निने जस्ता सामान्य लक्षण शुरुमा देखिने भएपनि यो रोगको भाइरस शरीरमा फैलँदै जाँदा मानिसहरु निक्कै कमजोर बन्ने र मृत्युवरण गर्न पुग्ने चिकित्सकहरुको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...
सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...
हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...
४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...
Top