नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

Best Khabar Team | २०७६ माघ ४ गते शनिबार


१८ जनवरी, २०२०
काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले कुनै हालतमा यसलाई लागू गर्न नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएको छ ।

एमसीसीको विषयमा चौतर्फी आलोचना भै रहेका बेला मोहन बैद्य महासचिव रहेको नेकपा क्रान्तिकारी माओवादीले एमसीसी सम्झौता देश र जनताको खिलापमा रहेको जनाएको छ । उसले आज एक विज्ञप्ति निकालेर यस्तो कार्य गर्न खोज्नेहरुलाई राष्ट्रघातीको संज्ञा दिँदै यसको विरुद्धमा लाग्न सबै नेपालीहरुलाई आह्वान समेत गरेको छ ।

क्रान्तिकारी माओवादीले जारी गरेको विज्ञप्तिको पूर्णपाठ
यतिबेला नेपालको राजनीति एमसीसी (मिलेनियम च्यालेञ्ज कम्प्याक्ट)को वरिपरि केन्द्रित भएको छ । पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ । फेरि अर्कोतिर, नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुबैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोडदिइराखेका छन् ।

यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माणगर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ र त्यो योजनालाई सफल पार्नका लागि एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने दलालहरुको राष्ट्रघाती कुकृत्यको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध सशक्त आवाज उठाउन आम जनसमुदाय सहित सम्पूर्ण देशभक्तहरुलाई एकतावद्ध हुन जोडदार आह्वान गर्दछ ।

किरण
महासचिव नेकपा (क्रान्तिकारी माओवादी)

 



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु

२०७६ मंशिर २७ गते शुक्रबार

काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...

प्रतिवेदन भन्छ : तत्कालीन पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाको कारण पाइलट प्रतिवेदन भन्छ : तत्कालीन पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाको कारण पाइलट

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२०काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत चढेको...

आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...

काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...

Top