युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड

Best Khabar Team | २०७६ माघ १ गते बुधबार


१५ जनवरी, २०२०
काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १७ हजार मान्छेको ज्यान गएको घटनाका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौंमा कटाक्ष गरेका छन् । युद्दकालमा १७ हजार मान्छे मरेको भएपनि त्यो सबै माओवादीले नमारेको उनको भनाई छ ।

तत्कालीन ‘सामान्ती राजाहरु’ले १२ हजार मान्छे मारेको दाबी गर्दै उनले बाँकी ५ हजार मान्छे मारेको जिम्मा लिन आफू तयार रहेको बताए । काठमाडौंको टुँडीखेलमा आज माघी कार्यक्रमलाई सम्बोधन गर्दै उनले युद्धकालमा मारिएका सबैको जिम्मा आफूहरुले लिन नसक्ने भन्दै तत्कालीन राजा पनि घटनाप्रति जिम्मेवार हुनुपर्ने बताए ।

युद्द आफूहरुको कारणले भएपनि हताहतीको सबै घटनामा आफूहरु जिम्मेवार नभएको उनको भनाई छ । आफूहरुलाई अनावश्यक रुपमा युद्धकालीन घटनाको दोष थोपरिएको भन्दै उनले यो न्यायोचित नभएको प्रष्ट पारे । एक फरक प्रसंगमा प्रचण्डले कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई छिट्टै रिहा गर्ने तयारी भैरहेको जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

संक्रमित थपिँदै जाँदा  ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...

भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग  शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन

२०७७ बैशाख २२ गते सोमबार

०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

Top