Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको रत्नपार्कबाट कुलेश्वर क्षेत्रमा चल्ने एउटा सार्वजनिक यातयातमा महिलामाथि अश्लिल यौन हर्कत गर्ने युवक रिक्सा चालक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत माघ ११ गते सार्वजनिक यातयातभित्र बसेर महिला सिटको पछाडिबाट हस्तमैथुन गरी वीर्य निकालेर महिलाको कपालमा पारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युवकको खोजी कार्य तीब्र बनाएको थियो ।
यही क्रममा प्रहरीले केहीदिनअघि भारतबाट नेपाल आएका बेला चितवनबाट तनहुँका रविन सार्कीलाई पक्रेको थियो । उनै रविनले सो घटना घटनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सार्की विगत तीन वर्षदेखि काठमाडौंमा रिक्सा चलाउँदै आएका थिए । घटनाका बेलाताका पनि उनी काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा रिक्सा चलाउँदै आएका थिए । अश्लिल दृश्य समावेश भएको भिडियो युट्वमा राखेमा बढी पैसा कमाउन सकिने कुरा सुनेकोले उनले सो हर्कत गरेको प्रहरी समक्ष सार्कीले बताएका छन् ।
घटनालगत्तै भारत पुगेका उनले त्यही केही समय काम गरेको र त्यहाँबाट करिब १ महिना अघि चितवन आएर त्यही लुक्दै बसेका थिए । सो घटनाको सर्वत्र आलोचना भएपछि प्रहरीले घटनामा संलग्नको खोजी अभियान तीब्र बनाएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...
अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...
इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा...
कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड...
Top