Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको रत्नपार्कबाट कुलेश्वर क्षेत्रमा चल्ने एउटा सार्वजनिक यातयातमा महिलामाथि अश्लिल यौन हर्कत गर्ने युवक रिक्सा चालक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत माघ ११ गते सार्वजनिक यातयातभित्र बसेर महिला सिटको पछाडिबाट हस्तमैथुन गरी वीर्य निकालेर महिलाको कपालमा पारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युवकको खोजी कार्य तीब्र बनाएको थियो ।
यही क्रममा प्रहरीले केहीदिनअघि भारतबाट नेपाल आएका बेला चितवनबाट तनहुँका रविन सार्कीलाई पक्रेको थियो । उनै रविनले सो घटना घटनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सार्की विगत तीन वर्षदेखि काठमाडौंमा रिक्सा चलाउँदै आएका थिए । घटनाका बेलाताका पनि उनी काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा रिक्सा चलाउँदै आएका थिए । अश्लिल दृश्य समावेश भएको भिडियो युट्वमा राखेमा बढी पैसा कमाउन सकिने कुरा सुनेकोले उनले सो हर्कत गरेको प्रहरी समक्ष सार्कीले बताएका छन् ।
घटनालगत्तै भारत पुगेका उनले त्यही केही समय काम गरेको र त्यहाँबाट करिब १ महिना अघि चितवन आएर त्यही लुक्दै बसेका थिए । सो घटनाको सर्वत्र आलोचना भएपछि प्रहरीले घटनामा संलग्नको खोजी अभियान तीब्र बनाएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन
२०८१ पुष २४ गते बुधबार
०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...
भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो
२०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...
Top