विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०६ जनवरी, २०२०
बग्दाद । इराकले देशमा तैनाथ सबै विदेशी सैनिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ । हिजो बसेको इराकको संसदले अमेरिकीलगायत इराकमा तैनाथ सबै विदेशी नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको हो । पछिल्ला दिनहरुमा अमेरिकी सैनिकहरुको आक्रममा परी इरानी सैन्य कमान्डरको बग्दादमा मृत्यु भएपछि इराकको संसदले यो निर्देशन दिएको हो ।

आफ्नो देशको आन्तरिक समस्या समाधान गर्न आफूहरु स्वयं सक्षम रहेको भन्दै इराकले भोलिका दिनमा कुनैपनि विदेशी सैनिक या सहयोग नलिने गरी निर्णय गराउन सरकारलाई निर्देशन समेत दिएको छ । संसदले तत्काल अमेरिकी सययोग बन्द गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । यो निर्देशन सँगै करिब ५ हजारको संख्यामा रहेका अमेरिकी सैनिकले अब इराक छाड्नुपर्ने देखिएको छ ।

संसदले तत्काल बायुसेना, जलसेना तथा स्थल सेनाको रुपमा विदेशी सैनिक प्रयोग गर्न नपाउने गरी प्रस्ताव पारित गरेको हो । केहीसाता यता अमेरिका र इराकबीचको तनावको कारण बग्दाद तनावग्रस्त बनेको छ । शुक्रबारमात्रै अमेरिकी सुरक्षाफौजले गरेको रकेट आक्रमणका क्रममा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...

भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...

नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...

पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै...

Top