Best Khabar Team | २०७६ जेठ २ गते बिहिबार
१६ मे, २०१९
न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकाले आगामी दिनमा हुनसक्ने साइबर आक्रमणलाई लक्षित गरी ‘साइबर संकटकाल’ घोषणा गरेको छ । अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश नै जारी गरी राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विशेष गरी कुनै देश तथा समूहप्रति लक्षित नगरीकनै अमेरिकाले निकट भविष्यमै ठूलो साइबर आक्रमण हुनसक्ने सम्भावना देखेर यो आदेश जारी गरेको जनाएको छ । साइबर आक्रमण भै कम्प्युटरहरु ह्याक भएको अवस्थामा महत्वपूर्ण सूचनाहरु बाहिरिने भन्दै अमेरिकाले यो कदम अघि चालेको हो । साइबर आक्रमण भए राष्ट्रिय सुरक्षामै गम्भीर संकट उत्पन्न हुनसक्ने अमेरिकाको भनाई छ ।
यो घोषणापछि अब अमेरिकाका कम्पनीहरुले कुनै पनि विदेशी टेलिकम कम्पनीहरुले उत्पादन गरेका उपकरणहरु खदिर गर्न पाउने छैन । पछिल्लो केही समययता चिनियाँ कम्पनी हुवावे साइबर अपराधमा संलग्न रहेको भन्दै उसका उत्पदनलाई लक्षित गरेर संकटकाल घोषणा गरिएको हुनसक्ने विष्लेषकहरुको भनाई छ ।
अमेरिकाले आरोप लगाएको छ । अमेरिकाले आफ्ना सरकारी निकाय तथा छिमेकी मुलुकहरुलाई चिनियाँ कम्पनी हुवावेका उत्पादनहरु खरिद तथा प्रयोग नगर्न आग्रह गरेको छ । स्मरणीय के छ भने अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी सञ्जालमा हुवावेका उत्पादन प्रयोगमा रोक लगाई सकेको छ ।
यो आदेशले विदेशी टेलिकम कम्पनीहरुले उत्पादन गरेको उपकरण खदिर गर्न पूर्णरुपमा बन्देज लगाएको छ । विविसीका अनुसार संकटकालको घोषणासँगै सूचना प्रविधि पूर्वाधार र सेवा क्षेत्रका कमीकमजोरीको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीको प्रभावबाट अमेरिका बच्न सफल हुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...
इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता...
बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै...
Top