अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते

Best Khabar Team | २०७६ पुष १९ गते शनिबार


०४ जनवरी, २०२०

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर २ नेपाली विद्यार्थीको मृत्यु भएको छ । सो घटनामा अर्का एक नेपाली विद्यार्थी सख्त घाइते भएको बताइएको छ । शुक्रबार स्थानीय समय अनुसार साँझको साढे ७ बजेतिर बेरोबरा नेशनल पार्क नजिकै रहेको सो नदीमा पौडी खेल्न गएका उनीहरुको नदीमा डुबेर मृत्यु भएको अष्ट्रेलियाको नाईन न्यूजले जनाएको छ । मृत्यु हुनेमा २६ वर्षका बिसाल सेढाई र २३ वर्षका रोशन छत्कुली भएको बताइएको छ । छत्कुली र सेढाई दुबैको नेपालको स्थायी ठेगाना धादिङ्ग जिल्ला भएको बताइएको छ । पछिल्ला केही दिनयता अष्ट्रेलियामा तापक्रम ह्वात्तै बढेपछि सेढाई र छत्कुलीसहित ५/६ जना विद्यार्थीहरुको समूह गर्मी छल्न भन्दै सो क्षेत्रमा पुगेका थिए ।

उनीहरु नदीमा छिरेको केहीसमयपछि नै उनीहरुसँगै गएका साथीहरुले स्थानीय आपतकालीन सेवाका कर्मचारीलाई फोन गरेर घटनाको जानकाी गराएका थिए । लगत्तै गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको थियो । उनीहरु घटनास्थल पुग्दा सेढाई र छत्कुली नदीको सतहमा रहेको गिलो माटोमा डुबेको अवस्थामा भेटिएको बताइएको छ ।

घटनामा अर्का एक नेपाली प्रदिप पाण्डे गम्भीर घाइते भएका छन् । बेहोस अवस्थामा पानीबाट निकालेर पाण्डेलाई हाल उपचारको लागि सिड्नीको वेष्टमेड अस्पतालमा भर्ना गरिएको छ । नाईन न्यूजका अनुसार शुक्रबारे सप्ताहन्तमा सो क्षेत्रमा क्याम्पिङ्गसहित माछा मार्नका लागि भन्दै उनीहरुले निकुञ्ज क्षेत्रको टिकट लिएका थिए ।

साप्ताहिक छुट्टी मनाउनका लागि ठूलो संख्यामा मानिसहरु क्याम्पमा बस्ने गरी सो क्षेत्रमा जाने गर्दछन् । घटनाको विषयमा अष्ट्रेलियास्थित उनीहरुको साथिभाई तथा आफन्तमार्फत् नेपालस्थित परिवारलाई जानकारी गराई सकिएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...

औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

Top