धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको दाबी

Best Khabar Team | २०७६ असार १९ गते बिहिबार


०४ जुलाई, २०१९
काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेको दाबी गरिएको छ । कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ ।

संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ । उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए । उनले भने,‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ ।

उहाँको सुरक्षाको निम्ति सम्पुर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौ ।’ पहिलेपनि गूरुले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाई छ ।

जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा अनुयायीहरु सुन्दर तामाङ, शुभलाल थिङ, कृष्णबहादुर ग्याबक, वृषध्वज वाईवा, पनित महर्जन, मंगल महर्जन र ढुण्डी बम्जन लगायतको उपस्थिति थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एउटा तस्वीरले जगाएको ‘मानवता’… एउटा तस्वीरले जगाएको ‘मानवता’…

२०७६ पुष १८ गते शुक्रबार

– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...

१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने १५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...

लेखक भण्डारी भए ब्रह्मलिन लेखक भण्डारी भए ब्रह्मलिन

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं...

पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु :  देशभर मृतकको संख्या १० पुग्यो पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर...

Top