आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

Best Khabar Team | २०७६ पुष १९ गते शनिबार


०४ जनवरी, २०२०
न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला केहीदिन यता तनाव बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन दिएको छ । इराकको बस्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा हिजो अमेरिकाले गरेको रकेट आक्रमणका क्रममा एक इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न परिस्थितिलाई मध्यनजगर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षाका लागि इराक छाड्न भनेको हो ।

हिजो भएको सो घटनाको इराक र इरानले चर्को विरोध गरेका छन् भने अमेरिकाले यसको ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इराकको बग्दादस्थित अमेरिकी दुतावासले सूचना जारी गर्दै आफ्ना नागरिकहरुलाई तत्काल इराकको भूगोल छाडेर अन्यत्र जान भनेका हो । सकेसम्म विमानबाटै र नभए स्थलमार्गबाट भएपनि इराकको सिमाना छाडेर सुरक्षित रहन अमेरिकाले नागरिकलाई सूचित गरेको छ ।

पछिल्लो केही सातायता अमेरिका र इराकबीचको युद्द चर्कँदो छ । यही क्रममा केही दिन अघि इराकस्थित अमेरिकी दुतावास जलाउने प्रयास भएको थियो । त्यसको जवाफमा अमेरिकाले इराकमा आफ्नो सैन्य गतिविधि तीव्र बनाएको छ । हिजोको घटना त्यसैको पछिल्लो उदाहरण हो । यो घटनासँगै अमेरिका र इराकबीचको सम्बन्ध थप चिसिँदै गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

२०७९ फाल्गुन १४ गते आइतबार

२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...

यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...

इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए

२०७७ माघ ३ गते शनिबार

१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...

धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए

२०७६ फाल्गुन २७ गते मंगलबार

१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...

Top