Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला केहीदिन यता तनाव बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन दिएको छ । इराकको बस्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा हिजो अमेरिकाले गरेको रकेट आक्रमणका क्रममा एक इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न परिस्थितिलाई मध्यनजगर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षाका लागि इराक छाड्न भनेको हो ।
हिजो भएको सो घटनाको इराक र इरानले चर्को विरोध गरेका छन् भने अमेरिकाले यसको ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इराकको बग्दादस्थित अमेरिकी दुतावासले सूचना जारी गर्दै आफ्ना नागरिकहरुलाई तत्काल इराकको भूगोल छाडेर अन्यत्र जान भनेका हो । सकेसम्म विमानबाटै र नभए स्थलमार्गबाट भएपनि इराकको सिमाना छाडेर सुरक्षित रहन अमेरिकाले नागरिकलाई सूचित गरेको छ ।
पछिल्लो केही सातायता अमेरिका र इराकबीचको युद्द चर्कँदो छ । यही क्रममा केही दिन अघि इराकस्थित अमेरिकी दुतावास जलाउने प्रयास भएको थियो । त्यसको जवाफमा अमेरिकाले इराकमा आफ्नो सैन्य गतिविधि तीव्र बनाएको छ । हिजोको घटना त्यसैको पछिल्लो उदाहरण हो । यो घटनासँगै अमेरिका र इराकबीचको सम्बन्ध थप चिसिँदै गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...
कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...
यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र
२०७८ श्रावण ८ गते शुक्रबार
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...
आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह
२०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...
Top