इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


हवाई आक्रमणमा मारिएका सुलेमानी

०३ जनवरी, २०२०
बग्दाद । अमेरिकी सरकारले गरेको हवाई आक्रमणका क्रममा इरानको विशेष सैन्य दस्ता (कुद्र्स फोर्स) का प्रमुख कासिम सुलेमानी मारिएका छन् । स्थानीय समयअनुसार गएराति इराकको राजधानी बग्दादस्थित हवाई अड्डामा भएको आक्रमणमा सुलेमानी मारिएका हुन् । अमेरिकी सरकारले यो घटनाको पुष्टि गर्दै हवाई आक्रमणका क्रममा सुलेमानी मारिएको स्पष्ट पारेको छ ।

अमेरिका पछिल्ला वर्षहरुमा इरानले न्यूक्लियर पावरको दुरुपयोग गरिरहेको भन्दै इरानसँग रुष्ट हुँदे आइरहेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार बग्दादमा भएको सो आक्रमणमा अरु धेरै मारिएका छन् । अहिले सो क्षेत्रलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको बताइएको छ ।

केहीदिनअघि बग्दादस्थित अमेरिकी दुतावासमा भएको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले घटनामा संलग्नहरुमाथि कडा कारबाही गर्न आफ्ना सैनिकहरुलाई निर्देशन दिएलगत्तै आज इराकमा इरानी सैन्यकमाण्डर मारिएका हुन् ।

सो घटनामा कताइब हिजबुल्लाहका कमाण्डर अबु महदी अल मुहांदिस समेत मारिएका छन् । इराकमा तैनाथ अमेरिकी सेनाको रक्षाका यो कदम उठाउनु परेको पेन्टानगको भनाई उद्धृत गर्दै विविसीले जनाएको छ । घटनापछि अहिले बग्दाद र आसपासका क्षेत्रमा इराक र इरानी जनताले विरोध जनाईरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

२०८० चैत्र ९ गते शुक्रबार

२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’ सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...

जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले

२०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

Top