Best Khabar Team | २०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०
काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक आज थुनामुक्त भएका छन् । उनीहरुलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ जरिवाना लिएर जिल्ला प्रशासन कार्यालयले आज थुनामुक्त गराएको हो ।

जिल्ला प्रशासन कार्यालयमा पक्राउ परेका चिनियाँ नागरिकहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरको प्रतिवेदन काठमाडौं जिल्ला प्रशासनमा पेश गरिएको थियो । सोही कसुरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रतिव्यक्ति १ हजार रुपैयाँ जरिवना लिई पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश दिएसँगै चिनियाँ नागरिक रिहा भएका हुन् । रिहा भएलगत्तै आजै साँझ उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
केही समयअघि काठमाडौंको मनमैजु, हात्तिगौंडा, बुढानिलकण्ठलगायतका ठाउँमा घर नै लिएर बसेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । नेपालमा बसेर ‘आर्थिक अपराध’ गरेको आशंकामा नेपालस्थित चिनियाँ दुतावासले नेपाल सरकारलाई उनीहरुलाई पक्रन आग्रह गरेको थियो ।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले ठूलो संख्यमा मोबाइल, ल्यापटप, कम्पयुटर सिपियुलगायतका विद्युतीय सामग्रीसमेत बरामद गरेको थियो । प्रहरीको अनुसन्धानले उनीहरुले कुनै अपराध नगरको निष्कर्ष निकालेपछि आज जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई थुनामुक्त गर्दै स्वदेश फिर्ता गराउने तयारी गरेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...
देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...
नयाँवर्ष मनाउने क्रममा भएको आगलागीमा परी स्विट्जरल्याण्डमा ४० जनाको मृत्यु, कम्तीमा ११५ जना घाइते
२०८२ पुष १७ गते बिहिबार
०१ जनवरी, २०२६प्रतीक लामिछाने/ सेञ्जेन, लक्जम्बर्ग । नयाँवर्ष मनाउने...
पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)
२०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...
Top