आहा ! कैलाश पर्वत

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार


शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम

तपाईँहरुमध्ये धेरैले कैलाश पर्वत र मानसरोबरको विषयमा सुन्नुभएको, पढ्नुभएको वा देख्नुभएको होला । कतिपय आफैं कैलाश पुगिसक्नुभएको छ होला । हो हामी त्यहि कैलाश पवर्तको विषयमा जानकारी गराउँदैछौं । जुन ठाउँलाई पृथ्वीको स्वर्गको रुपमा दाँज्ने गरिन्छ । छिमेकी मुलुक चीनको स्वसासित तिब्बतमा पर्दछ कैलाश मानसरोबर ।

समुद्र सतहबाट ६ हजार ६ सय ३८ मिटरको उचाईमा रहेको यो ठाउँमा भगवान् शिवको बासस्थान रहेको विश्वास गरिन्छ । त्यसैले त भगवान्प्रतिको ठूलो आस्था र विश्वास लिएर वर्षेनी हजारौं तीर्थयात्रीहरु यहाँ पुग्ने गर्दछन् । पृथ्वीलोकमा भगवान् शिवले बसेर तपस्या गरेको तथा सबैभन्दा पवित्र ठाउँको रुपमा परिचित छ कैलाश मानसरोबर । जीवनमा एकपटक कैलाश मानसरोबर पुग्ने अभिलाषा जो सुकैलाई पनि हुनसक्छ ।

तर कमैले यो ठाउँमा पुग्ने सौभाग्य प्राप्त गरेका हुन्छन् । कैलाश मानसरोबर पुग्न पुग्न त्यति सहज छैन । कैलाश जाने मन, गोजीमा धन र शरीरको स्वास्थ्य सबैले एकैपटक दिएमात्रै कैलाश कैलाश पुग्न सकिन्छ । विशेषत उच्च हिमाली भूभाग र समुद्र सतहको उचाईको ठाउँ भएकाले यहाँ जानेहरुमा ‘हाइ अल्टिच्यूट’ अर्थात् लेक लाग्ने समस्या बढी देखिन्छ । त्यसैले यहाँ पुग्नका लागि निक्कै कठिन र जोखिमपूर्ण रुपमा तय गर्नुपर्ने हुन्छ ।

जोखिमसँगै यहाँ पुगेपछि प्राप्तहुने आनन्द र रोमाञ्चकताको शब्दमा वर्णण गर्न सकिन्न । उपर्युक्त मौसममा यहाँ पुग्न पाउनु र यहाँबाट सकुशल फर्कनुलाई यहाँबाट फर्कनेहरुले जीवनको ठूलै उपलब्धीको रुपमा लिने गरेका छन् । काठमाडौंबाट कैलाश मानसरोबर पुग्न मुख्यतयाः ३ वटा बाटो छ । तर यो मध्ये एउटा प्रमुख मार्ग गत २०७२ सालको भूकम्पपछि लगभग बन्द अवस्थामा छ ।

विगतमा निक्कै छोटो र चलनचल्तिको बाटोको रुपमा रहेको काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी हुँदै चीनको न्यालमबाट कैलाश जाने बाटो अहिले बन्द छ । यसको विकल्पमा भूकम्पपछि अहिले काठमाडौबाट नुवाकोटको त्रिशुली, रसुवाको धुन्चे, टिमुरे तथा सिमावर्ती केरुङ्गबाट सागा हुँदै कैलाश जाने गरिएको छ ।

कैलाश जाने अर्को मार्ग भनेको काठमाडौंबाट ल्हासासम्म प्लेनमा जाने र त्यहाँबाट गाडीमा कैलाश मानसरोबर पुग्न सकिन्छ । प्लेनमा ल्हासा पुगेर त्यहाँबाट करिब १ साताको यात्रा पछि कैलाश मानरोबर पुग्न सकिन्छ । अर्को बाटो भनेको काठमाडौंबाट नेपालगञ्ज, नेपालगञ्जबाट हुम्लाको सिमिकोट सम्म प्लेनमा जाने र त्यहाँबाट करिब २० मिनेटको हेलिकोप्टरसम्मको यात्रा तय गरेपछि ताक्लाकोट पुगिन्छ । तिब्बती भाषामा त्यो ठाउँलाई पुराङ् पनि भनिन्छ ।

यदि हिडेर सिमिकोटबाट ताक्लाकोट जाने हो भने करिब ७ दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यहाँबाट जाँदा २ घण्टामा मानसरोबर पुगिन्छ । यो बाटो भएर मानसोवर पुगेर फर्कँदा करिब ८ देखि ९ दिन लाग्दछ । नेपालकै विभिन्न हिमाली क्षेत्र तथा हुम्लाको रहनसहनलगायत हेर्नका लागि यो बाटो अत्यन्तै रमाईलो बाटो हो । तर खर्चको हिसावले यो मार्ग केही महंगो छ । भूकम्पअघि काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी, कोदारी, खासा, न्यालम हुँदै कैलाश जाने गरिन्थ्यो । यो सबैभन्दा सजिलो तथा कम खर्चिलो बाटो पनि थियो कैलास जाने । तर भूकम्प र त्यसलगत्तै भएका विभिन्न प्राकृतिक प्रकोपपछि सिन्धुपाल्चोक र खासा क्षेत्रको सडक तथा जमिन भत्किएका कारण तत्कालका लागि यो सडकखण्ड बन्द गरिएको छ ।

कैलाश पर्वत एउटा हिमाल हो । जुन समुद्र सतहबाट करिब ६ हजार ६ सय मिटरको उचाईमा छ । ४ हजार ५ सय ५६ मिटरको उचाईमा रहेको मानसरोबरमा पुगेर नुहाउने तथा कैलाश परिक्रमा गर्न सके जीवनमा मुक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ । कैलाश यात्राको लागि उपयुक्त समय भनेको नेपाली समय अनुसार बैशाखदेखि असारसम्मको हो । तर दशैं तिहारसम्म पनि पर्यटकहरु यहाँ पुग्ने गर्दछन् ।

भगवान् शिव सपरिवार मानसरोबरमा नुहाउने र सँगैको कैलाश पर्वतमा बस्ने गरेको धार्मिक किंवदन्ती छ । यहाँ वर्षेनी हजारौं भारतीय तथा अन्य देशका पर्यटक पुग्ने गरेका छन् । कैलाश जाने मार्गमा पर्ने प्राकृतिक सुन्दरता, पोखरीहरु, हिमाल तथा तिब्बती क्षेत्रको हिमाली जनजीवनले जो सुकैलाई मोहनी लगाई दिन्छ । भौगोलिक रुपमा अत्यन्तै विकट भएपनि कैलाशको केही किलोमिटर नजिकसम्म पक्की बाटो पुगेको छ ।

जुन मार्गमा यात्रा गर्दा अत्यन्तै रमाइलो महशुस हुन्छ । पछिल्ला वर्षहरुमा भारतीय पर्यटहरुका साथै नेपालीहरुले पनि कैलाश मानसरोबरको यात्रा गर्ने गरेका छन् । यसका अलावा रुस, भियतनाम, मंगोलियालगायतका देशका पर्यटकहरु नेपालको बाटो हुँदै कैलाश पुग्ने गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

२०७५ फाल्गुन २२ गते बुधबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...

‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

२०२६ पुष १७ गते बिहिबार

२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०२६ पुष १७ गते बिहिबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो ७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

२०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...

Top