फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०
काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज देश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । नेपाल र नेपालीको पहिचानसँग जोडिएको टोपीको संरक्षण र यसको अन्र्तराष्ट्रियकरण गर्ने उद्देश्यले अंग्रेजी नयाँवर्षको दिन राष्ट्रिय टोपी दिवस मनाउने गरिन्छ । यही क्रममा काठमाडौंको ठमेलमा पनि आज टोपी दिवस आयोजना गरिएको थियो ।

सो कार्यक्रममा ठमेल क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका पर्यटन व्यवसायी, विदेशी पर्यटकलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी हुन आएका विदेशी पर्यटकहरुलाई नेपाली टोपी लगाएर स्वागत गरिएको टोपी दिवस अभियान्ता जनार्दन अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको तस्वीरहरु टोपी दिवस अभियान्ता तथा बरिष्ठ फोटो पत्रकार अर्यालको फेसबुकबाट साभार गरिएको हो । पछिल्ला वर्षहरुमा टोपी दिवस देशका साथै विदेशमा रहेका नेपालीहरुले समेत मनाउन थालेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण

२०७९ फाल्गुन २६ गते शुक्रबार

०९ मार्च, २०२३पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल...

अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

रोकियो स्ववियु चुनाव रोकियो स्ववियु चुनाव

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...

Top