युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार


१७ मे, २०२०
मिलानो । कोरोना भाइरस (कोभिड १९) को पहिलो इपिसेन्टर बनेको युरोपेली मुलुक इटली ३ महिना लामो कोरोना युद्दबाट तंग्रदै पुनः पुरानै लयमा फर्कन लागेको छ । यद्यपि अहिले पनि इटलीमा कोरोना भाइरसबाट ज्यान गुमाउने तथा संक्रमितहरुको संख्या दैनिक २ सयको हाराहारीमा रहेको छ । यहाँका प्रधानमन्त्री प्रधानमन्त्री जोसेप कोन्टले करिब ३ महिना लामो कोरोनाको कहरलाई चिर्दै सरकारले देशलाई पुनानै अवस्थामा फर्काउने घोषणा गरेका हुन् । उनले यही जुन ३ तारिखका दिनदेखि इटलीले विश्वभरका पर्यटकलाई स्वागत गर्ने जानकारी दिए ।

अहिले इटलीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको छ । चीनको बुहानबाट शुरुभएको कोरोनाले चीन र इरानपछि पहिलो पटक युरोपको इटलीमा धेरै जनधनको क्षति पु¥याएको थियो । जसका कारण इटलीम ३१ हजार ७ सय ६३ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म २ लाख २४ हजार ७ सय ६० जना संक्रमित बनेका छन् । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि इटली सरकारले मार्च महिनाको पहिलो सातादेखि नै देशभर संकटकालको घोषणा गर्दै आम नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको थियो ।

पर्यटननमा निर्भर युरोपेली मुलुकमा कोरोनासँगै पर्यटकहरुको आवागमन ठप्प भएपछि इटलीको आर्थिक अवस्था पनि कमजोर बन्दै गएको थियो । तर अब विस्तारै नयाँ संक्रमितहरुको संख्या कम हुँदै गएपछि सरकारले अघोषित लकडाउनलाई खुकुलो बनाउँदै पर्यटकहरुले निर्वाध रुपमा इटली आउनसक्ने घोषणा गरेको हो । वर्षेनी करोडौं मानिसहरु घुम्नै लागि विश्वभरबाट इटली आउने गरेका न् । इटलीले अहिलेसम्म औपचारिक रुपमा सिमा बन्द भएको घोषणा नगरेको भएपनि कोरोनाको बज्रपातपछि अन्य युरोपेली राष्ट्रहरुले सिमा नाका बन्द गरेसँगै यसको प्रत्यक्ष प्रभाव इटलीमा समेत परेको छ ।

मार्चको दोश्रोसातादेखि बढ्दो कोरोना संक्रमणका कारण र युरोपमा पहिलो पटक इपिसेन्टर बनेका कारण इटलीमा रहेका विदेशी पर्यटक अप्ठेरोमा परेका थिए । यस्तै, इटली आउन चाहने पर्यटकहरुको योजना पनि चकनाचुर बनेको थियो । गएको मार्चमा युरोपेली युनियनले कोरोनाको कारण देखाउँदै विदेशी नागरिकहरुलाई सेन्जेन राष्ट्र प्रवेशका लागि तत्कालीन अवस्थामा रोक लगाएको थियो । त्यसपछि युरोपेली युनियनका २२ सदस्य राष्ट्र र युरोपेलि युनियनसम्बद्ध २७ राष्ट्र प्रत्यक्ष प्रभावित बनेको थियो ।

त्यतिबेला अत्यावश्यकीय सेवमा रहेका तथा चिकित्सकहरुका लागि मात्रै एक देशबाट अर्को देशमा यात्राको अनुमति प्रदान गरिएको थियो । तर गएको बुधबार प्रधानमन्त्रीले गिष्मकालीन यात्राका लागि अब विदेशी तथा युरोपेली युनियन सम्बद्ध राष्ट्रका नागरिकहरुर्लाइ अनुमति प्रदान गरेको घोषणा गरेका छन् । योसँगै इटलीले आफ्ना छिमेकी राष्ट्रहरुको सिमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब इटलीमा विदेशी पर्यटकहरुले यात्रा गर्न पाउनेछन् तर युरोपेली युनियनले तय गरेको मापदण्ड भने यहाँ आउने सबै देशका पर्यटकले पुरा गर्नुपर्नेछ । इटलीमा यात्रा गर्ने विदेशी देशका नागरिकहरुले भने १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । तर यो नियम युरोपेली युनियन सम्बद्ध राष्ट्रका नागरिकहरुलाई लागू हुने छैन । आगामी जुन ३ तारिखका दिन देखि शुरुमा सेन्जेन राष्ट्रका नागरिकहरुलाई इटलीले खुला गरेको छ । कतिपय अन्तराष्ट्रिय नागरिकहरु विभिन्न देशमा भएको लकडाउनका कारण ट्रन्जिट हुदै इटली आउन सक्ने अवस्था छैन ।

प्रधानमन्त्री कोन्टेले आम नागरिक लामो समय घरमै बस्दा प्रताडित बनेको भन्दै उनीहरुलाई राहत दिनका लागि आफूले यस्तो घोषणा गरेको बताएका छन् । नागरिकको सुरक्षा सरकारको पहिलो कर्तव्य भएको भन्दै उनले देशको सिमा खुल्ला गरिएपनि आवश्यक मापदण्ड सबैले पुरा गर्नुपर्ने बताए । प्रधानमन्त्रीले बुधबार एउटा सार्वजनिक सम्बोधन मार्फत आगामी मे २५ तारिखदेखि व्यायाम गर्ने जीमहल, स्विमिङ पुल, स्पोर्ट्स सेन्टर तथा जुन १५ देखि सिनेमाघर तथा थियटरहरु र बारहरु खुल्लो बताएका छन् ।

यद्यपि कोरोनाको संक्रमणको जोखिम उत्तिकै रहेको भएपनि देशको आर्थिक अवस्थालाई जीवितै राख्न यो निर्णय गरिएको उनको भनाई छ । इटलीसँग सिमाना जोडिएको स्लोभेनियाले यसअघि नै आफ्नो देशलाई कोरोना मुक्त देशको रुपमा घोषणा गरिसकेको छ । इटलीले विद्यालय तथा अन्य मानिसहरुको धेरै भीड हुने क्षेत्र भने जुलाईदेखि मात्रै सञ्चालन गर्ने गरी कार्यविधि तयार गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ? डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...

बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...

Top